ज्ञानेन्द्र शाहलाई छाडा छोड्न सकिँदैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुने घटनामा पूर्व राजा ज्ञानेन्द्र शाहको मुर्खता र विवेकहीनताको परिणाम रहेको टिप्पणी गरेका छन् ।  सिन्धुलीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले ज्ञानेन्द्र शाहको मुखर्ताका कारण तीनकुनेको सभामा विवेकहीनता र आततायीमा परिणत भएको उनले बताए । ‘ज्ञानेन्द्र शाहकै कारण तीनकुनेको सभा विवेकहीनता, आततायी र हत्याहरूको सभा हुनपुग्यो […]

Mar 30, 2025 - 10:05
 0
ज्ञानेन्द्र शाहलाई छाडा छोड्न सकिँदैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुने घटनामा पूर्व राजा ज्ञानेन्द्र शाहको मुर्खता र विवेकहीनताको परिणाम रहेको टिप्पणी गरेका छन् ।  सिन्धुलीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले ज्ञानेन्द्र शाहको मुखर्ताका कारण तीनकुनेको सभामा विवेकहीनता र आततायीमा परिणत भएको उनले बताए ।

‘ज्ञानेन्द्र शाहकै कारण तीनकुनेको सभा विवेकहीनता, आततायी र हत्याहरूको सभा हुनपुग्यो । ज्ञानेन्द्र शाहलाई अब छाडा छोड्न सकिँदैन । आफ्नै परिवारभित्र हत्याकाण्ड मच्चाउनेले जनताका छोराछोरीको हत्या गर्न फेरि उक्साए,’ उनले भने ।

राजनीतिक संघर्षबाट संविधानमार्फत जनतालाई अधिकारसम्पन्न बनाएपनि त्यसको अनुपातमा जनताको जीवनमा समृद्धि र परिवर्तन दिलाउन नसकेको उनले स्वीकार गरे । ‘जनतालाई राजनीतिक र संवैधानिक अधिकारमार्फत समृद्ध बनाएपनि  जनताको जीवनमा समृद्धि र परिवर्तन त्यही तुलनामा हुन सकेन परिमाणत जनतामा असन्तुष्टी देखा परे,’ उनले भने ।

जनताको अपेक्षा नयाँ ढंगबाट पुरा गर्न माओवादी केन्द्र जनतामाझ फर्किएको उनले बताए । ‘सुशासन कायम गर्दै सामाजिक न्याय स्थापित गर्दै जनताको अपेक्षा पुरा गर्न नयाँ तरिकाले अघि बढ्ने संकल्प माओवादी केन्द्रले गरेको छ,’ उनले भने ।

उनले जनताको साथका कारण माओवादीको उकालो यात्रा सुरू भएको दाबी गरे । माओवादीले अब आत्मसमीक्षा सहित जनतासँग माफी माग्ने बताए । ‘हामी जनताको सेवाका निम्ति समर्पित हुने विश्वास दिलाउन जरूरी छ,’ उनले भने ।

आत्समीक्षा र आत्मालोचना सहित जनतामा पुगेमा आगामी निर्वाचनमा माओवादीलाई जनताले साथ दिने संभावना रहेको उनले बताए ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register