वाणिज्य बैंकहरुको निक्षेप संकलन ६० खर्ब नाघ्यो, लगानी सुस्त हुँदा तरलता व्यवस्थापन गर्न बैंकहरुलाई सास्ती ! 

काठमाडौँ । वाणिज्य बेंकहरुको निक्षेप संकलन ६० खर्ब नाघेको छ । चालु आर्थिक वर्षको पछिल्लो ७ महिना (फागुन २) गतेसम्म बैंकहरुको निक्षेप संकलन ६० खर्ब तीन अर्ब रुपैयाँ पुगेको हो ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो एक महिना दुई दिनमा निक्षेप संकलन १२ अर्ब रुपैयाँले बढेको छ ।  राष्ट्र बैंकका अनुसार फागुन १ […]

Feb 20, 2025 - 04:14
 0
वाणिज्य बैंकहरुको निक्षेप संकलन ६० खर्ब नाघ्यो, लगानी सुस्त हुँदा तरलता व्यवस्थापन गर्न बैंकहरुलाई सास्ती ! 

काठमाडौँ । वाणिज्य बेंकहरुको निक्षेप संकलन ६० खर्ब नाघेको छ । चालु आर्थिक वर्षको पछिल्लो ७ महिना (फागुन २) गतेसम्म बैंकहरुको निक्षेप संकलन ६० खर्ब तीन अर्ब रुपैयाँ पुगेको हो । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो एक महिना दुई दिनमा निक्षेप संकलन १२ अर्ब रुपैयाँले बढेको छ । 

राष्ट्र बैंकका अनुसार फागुन १ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ५९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको सात महिना दुई दिनमा बैंकहरुको निक्षेप संकलन दुई खर्ब ४७ अर्बले बढेको छ । 

निक्षेप संकलन बढे पनि यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने सुस्त छ । फागुन २ गतेसम्म बैंकहरुले कुल ४८ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । लगानी सुस्त हुँदा पछिल्लो समय राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा थुप्रिएको तरलता दैनिकजसो प्रशोचन गर्दै आएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register