जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका- ३ कुँडुवाल खोलामा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । धादिङबाट जन्ती पुर्‍याएर फर्किएको ना ४ ख ८८१७ नम्बरको बस बिहीवार बिहान ५:४० बजेको समयमा घुम्तीमा ब्याक गर्ने क्रममा सडकबाट करिब २०० मिटर तल खसेको बताइन्छ । दुर्घटनामा […]

Feb 20, 2025 - 04:25
 0
जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना :  एकको मृत्यु, दुई जना घाइते

धुलिखेल ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका- ३ कुँडुवाल खोलामा बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

धादिङबाट जन्ती पुर्‍याएर फर्किएको ना ४ ख ८८१७ नम्बरको बस बिहीवार बिहान ५:४० बजेको समयमा घुम्तीमा ब्याक गर्ने क्रममा सडकबाट करिब २०० मिटर तल खसेको बताइन्छ ।

दुर्घटनामा बसका मालिक तेमाल-१ भैंसेपानीका ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको छ भने बस चालक मकवानपुर बागमती गाउँपालिका निवासी ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । घाइते दुई जनालाई तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register