सहकारी ठगी प्रकरणमा जोडिएकी ऋषिकेश पत्नी अञ्जला १० लाख धरौटीमा रिहा

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला रिहा भएकी छिन् । मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले कोइरालालाई १० लाख धरौटीमा छाड्न बुधबार आदेश दिएको थियो । अदालतको आदेश बमोजिम उनी १० लाख धरौटी बुझाएर रिहा भएको मोरङ प्रहरीले जानकारी दिएको छ । मोरङको उमागौरी […]

Jan 8, 2025 - 12:57
 0
सहकारी ठगी प्रकरणमा जोडिएकी ऋषिकेश पत्नी अञ्जला १० लाख धरौटीमा रिहा

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला रिहा भएकी छिन् ।

मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले कोइरालालाई १० लाख धरौटीमा छाड्न बुधबार आदेश दिएको थियो ।

अदालतको आदेश बमोजिम उनी १० लाख धरौटी बुझाएर रिहा भएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

मोरङको उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा फरार रहेकी उनी बुधबार अदालतमा हाजिर भएपछि आजै बयानपछि थुनछेक बहस भएको थियो ।

पेशाले शिक्षक समेत रहेकी उनी मुद्दा दर्तापछि फरार थिइन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register