दुई थान भरुवा बन्दुकसहित धनगढीबाट तीनजना पक्राउ

सुदूरपश्चिम । प्रहरीले धनगढी उपमहानगरपालिका–१८ एफगाउँबाट मङ्गलबार भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली छन् । भारतको लखिमपुरखिरी नउसर बस्ने ३२ वर्षीय रियासत अली, सोही ठाउँका ४० वर्षीय देशराज राना र धनगढी उपमहानगरपालिका–१९ का ३९ वर्षीय गुरूप्रसाद चौधरीलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता […]

Feb 5, 2025 - 00:36
 0
दुई थान भरुवा बन्दुकसहित धनगढीबाट तीनजना पक्राउ

सुदूरपश्चिम । प्रहरीले धनगढी उपमहानगरपालिका–१८ एफगाउँबाट मङ्गलबार भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली छन् ।

भारतको लखिमपुरखिरी नउसर बस्ने ३२ वर्षीय रियासत अली, सोही ठाउँका ४० वर्षीय देशराज राना र धनगढी उपमहानगरपालिका–१९ का ३९ वर्षीय गुरूप्रसाद चौधरीलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए ।

उनीहरूको साथबाट दुई थान भरूवा बन्दुक र एक थान चक्कु बरामद गरिएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी, टीकापुर र भजनी क्षेत्रबाट भन्सार छली गरेर ल्याउँदै गरिएको रू आठ लाख २३ हजार ३० मूल्य बराबरको मालसामान बेवारिसे अवस्थामा बरामद गरेको छ ।

सीमापारि भारतीय क्षेत्रबाट ल्याउँदै गरिएको अवस्थामा बरामद गरिएका सामानमा आइफोन र त्यसको कभर, डाटा केबल, राँगा, गोरू र डन्लप रहेको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register