पाथीभरमा केबलकारको विषयमा झडप : ११ प्रहरीसहित १३ जना घाइते

फुङ्लिङ । पाथीभरा क्षेत्रमा केबलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा १३ जना घाइते भएका छन् । केबलकार निर्माणस्थलमा बिहीब्ँर भएको झडपमा प्रहरीसहित १३ जना घाइते भएका हुन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार केबलकारको विरोध गर्दै आएको पक्ष र प्रहरीबीच झडप हुँदा ११ जना प्रहरी, एक जना आन्दोलनकर्मी र एक […]

Feb 21, 2025 - 01:23
 0
पाथीभरमा केबलकारको विषयमा झडप : ११ प्रहरीसहित १३ जना घाइते

फुङ्लिङ । पाथीभरा क्षेत्रमा केबलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा १३ जना घाइते भएका छन् । केबलकार निर्माणस्थलमा बिहीब्ँर भएको झडपमा प्रहरीसहित १३ जना घाइते भएका हुन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार केबलकारको विरोध गर्दै आएको पक्ष र प्रहरीबीच झडप हुँदा ११ जना प्रहरी, एक जना आन्दोलनकर्मी र एक जना सर्वसाधारण घाइते भएका छन् । प्रहरीतर्फ घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरी छन् ।

‘नो केबलकार समूह’ले पूर्वघोषित कार्यक्रमअनुसार बिहीबार पाथीभरा क्षेत्रमा पदयात्रासँगै केबलकारविरूद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा आन्दोलनरत पक्ष केबलकार निर्माणस्थलतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । आन्दोलनरत पक्षको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । नो केबुलकार समूहको प्रदर्शन असामान्य हुने स्थिति बनेपछि अश्रुग्यास प्रहार गर्नुपरेको शर्माको भनाइ छ ।

यस्तै, पदयात्रा सुरू गर्नुपूर्व पाथीभरा क्षेत्रको माथिल्लो फेदीमा आयोजित कोणसभालाई पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सम्बोधन गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै उनीहरूले केबलकार निर्माण गर्न नहुने भनाइ राखे ।

यता पदयात्रामा सहभागी हुन जसपा नेपालका नेता तथा पूर्वमन्त्री रकम चेम्जोङ, पूर्वमन्त्री गोपाल किरातीलगायत सहभागी बनेका थिए । केबलकारको विरोध गर्दै आएको ‘नो केबलकार पक्ष’ले मङ्गलबारदेखि बिहीबारसम्म घोषित कार्यक्रमअनुसार पाथीभरा क्षेत्रमा केबलकारविरूद्ध पदयात्रा गरेका छन् ।

पाथीभरामा आईएमई ग्रुपले रू तीन करोड लागतमा केबलकार निर्माणकार्य सुरु गरेको छ । विगतदेखि नै ताप्लेजुङमा केबलकारको पक्ष र विपक्षमा विभाजित भएर विभिन्न विवाद हुँदै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register