म्यानमार र नेपालबीचको पहिलो हाफ बराबरी

काठमाडाैं ।  अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा नेपाल र म्यानमार बीचको पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार जारी खेलमा म्यानमारले म्याट नोइ खीनको गोलमार्फत छैटौं मिनेटमा लिएको अग्रता लियो। तर त्यसको पाँच मिनेट पछिनै नेपालले खेल बराबरीमा ल्यायो। सावित्रा भण्डारीको सहयोगमा सविता राना मगरले सहजै गोल गर्दै खेललाई १–१ को बराबरीमा […]

Feb 23, 2025 - 13:30
 0
म्यानमार र नेपालबीचको पहिलो हाफ बराबरी

काठमाडाैं ।  अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा नेपाल र म्यानमार बीचको पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार जारी खेलमा म्यानमारले म्याट नोइ खीनको गोलमार्फत छैटौं मिनेटमा लिएको अग्रता लियो। तर त्यसको पाँच मिनेट पछिनै नेपालले खेल बराबरीमा ल्यायो। सावित्रा भण्डारीको सहयोगमा सविता राना मगरले सहजै गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन्।

त्यसपछि  म्यानमारका लागि १६ औं मिनेटमा मे हेट लुले गोल गरिन् ।  नेपालका लागि सावित्रा भण्डारीले खेलको अन्तिम समयमा गोल गरेपछि पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register