प्रधानन्यायाधीश र सर्वोच्च अदालतको नामबाट क्रिप्टो करेन्सीको प्रचार

काठमाडौं । सामाजिक सञ्जाल एक्स (पुरानो टुईटर) मा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको तस्वीर राखिएको एउटा अकाउन्ट छ । तस्वीर प्रधानन्यायाधीशको भएपनि अकाउन्टमा नाम भने प्रकाश नेपाल लेखिएको छ । र, उक्त अकाउन्टको ह्याण्डल भने ‘सुप्रिमकोर्टएनपी’ छ । फेब्रुअरी २०२५ मा खोलिएको यो अकाउन्टको परिचय प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम लेखेर राउतको तर्फबाट आधिकारीक जानकारी पोष्ट […]

Feb 23, 2025 - 13:30
 0
प्रधानन्यायाधीश र सर्वोच्च अदालतको नामबाट क्रिप्टो करेन्सीको प्रचार

काठमाडौं । सामाजिक सञ्जाल एक्स (पुरानो टुईटर) मा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको तस्वीर राखिएको एउटा अकाउन्ट छ । तस्वीर प्रधानन्यायाधीशको भएपनि अकाउन्टमा नाम भने प्रकाश नेपाल लेखिएको छ । र, उक्त अकाउन्टको ह्याण्डल भने ‘सुप्रिमकोर्टएनपी’ छ ।

फेब्रुअरी २०२५ मा खोलिएको यो अकाउन्टको परिचय प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम लेखेर राउतको तर्फबाट आधिकारीक जानकारी पोष्ट गरिने बताइएको छ ।

उक्त अकाउन्टको पीन पोस्टमा नेपालले फागुन १२ मा आधिकारीक रुपमा ‘डलर नेपाल, नेसनल क्वेन’ नामको ‘क्रिप्टो करेन्सी’सर्वाजनिक गर्न लागेको सूचना राखिएको छ । त्यही पोष्टमा लेखिएको छ, ‘अफिसियल अनाउन्समेन्ट, मिनिस्ट्री अफ फाइनान्स, राइट अनरेबल चिफ जस्टिस मिस्टर प्रकाशमान सिंह राउत ।’

अर्थात प्रधानन्यायाधीश राउतले ‘डलर नेपाल, नेसनल क्वेन’ नामको क्रिप्टो करेन्सी सार्वजनिक गर्ने भनिएको छ ।

यो एक्स ह्याण्डलबाट ‘डलर नेपाल, नेसनल क्वेन’का बारेमा पोष्ट गरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोसमेत राखेर नेपाल ‘डलर नेपाल, नेसनल क्वेन’ सार्वजनिक गर्न लागिएको उल्लेख छ ।

यसै गरी यो ह्याडलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र कांग्रेसका शेखर कोइराला लगायत नेताहरूको फोटो राखेर नेपालमा ‘डलर नेपाल, नेसनल क्वेन’ सार्वजनिक हुन लागेको सूचना राखिएको छ ।

रोचक त के भने ‘क्रिप्टो करेन्सी’को प्रचार गरिरहेको यो अकाउन्ट एक्समा भेरिफाइड छ । त्यो पनि सरकारी संस्थाका रूपमा ।

यो अकाउन्ट ‘ग्रे चेकमार्क’  सहित भेरिफाइड छ । एक्सका अनुसार ‘ग्रे चेकमार्क’ सरकारी निकाय र बहुपक्षीय निकायले पाउँछन् ।

‘ग्रे चेकमार्क’ लिनका लागि एक्समा एउटा फर्म भर्नुपर्छ । त्यसमा सरकारी ईमेल र निकाय वा व्यक्तिको परिचयपत्र पनि एक्सलाई उपलब्ध गराउनुपर्छ ।

‘नक्कली आईडीले पाएको ग्रे चेक मार्क’

११ हजार ५ सय ८३ फलोअर रहेको यो अकाउन्ट ६८ वटा पोष्ट गरिएका छन् । १३ फेब्रुअरीमा गरिएको पहिलो पोष्टमा लेखिएको छ, ‘नेपाल सर्वोच्च अदालतको आधिकारिक प्रोफाइलमा स्वागत छ । हाम्रो न्याय प्रणालीसम्बन्धी नवीनतम जानकारी र अद्याववधिकहरू यहाँ साझा गर्नेछौं ।’

न्याय प्रणालीको हवाला दिदैं यो प्रोफाइलबाट नेपालमा प्रतिबन्धित ‘क्रिप्टो करेन्सी’को प्रचार भइरहेको छ ।

तर, सर्वोच्च अदालतले भने प्रधान न्यायाधीशको कुनै एक्स अकाउन्ट नरहेको बताएको छ । सर्वोच्च अदालतले विज्ञप्ती जारी गरेर भनेको छ, ‘उक्त ट्विटर अकाउन्टबाट हुँदै नभएको, कपोकल्पित र भ्रामात्मक विषयवस्तु टुइट एवं शेयर गरी सर्वोच्च अदालतको गरीमा र मर्यादा घटाउने तथा सम्माननीय प्रधान न्यायाधीशज्यूको व्यक्तित्वमा क्षयीकरण गराई न्यायपालिकाप्रति भ्रम सिर्जना गर्ने दुष्प्रयास गरेकोले सो ट्विटमा उल्लेख भएको झुष्ठो व्यहोराप्रति विश्वास नगर्न सर्वसाधारण सबैमा अनुरोध गरिएको छ ।’

हामीले सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेललाई उक्त एक्स ह्याण्डलले ‘ग्रे चेक मार्क’ प्रयोग गरिहेको जानकारी तपाईंलाई छ कि छैन भनेर सोधेका थियौं । तर, प्रवक्ता कुईकेलले आफूलाई त्यस विषयमा जानकारी नभएको बताउँदै भने, ‘त्यस विषयमा मलाई जानकारी भएन । हामीले त्यो खाता सर्वोच्च अदालत र प्रधानन्यायाधीश ज्यूको होइन भनेर भनिसकेका छौं ।’

प्रधान न्यायाधीश र सर्वोच्च अदालतको नाम दुरुपायोग गरेर एक्समा अनाधिकृत एकाउन्ट चलिरहेको कुरा प्रहरीको साइबर ब्यूरोलाई पनि जानकारी गराइएको प्रवक्ता कुईकेलले बताए ।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक दिपकराज अवस्थीले पनि सर्वोच्च अदालतको गुनासो ब्यूरोमा आइपुगेको र प्रहरीले अनुसन्धान थालेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register