आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अनुपालन तथा एएमएल-सिएफटि तालिम सम्पन्न

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले अनुपालन तथा एएमएल-सिएफटि तालिम तथा सेमिनार सम्पन्न गरेको छ। कम्पनीले फागुन १० गते बल्थली भिलेज रिसोर्ट, काभ्रेपलान्चोकमा अनुपालन तथा एएमएल-सिएफटि तालिम तथा सेमिनार सम्पन्न गरेको हो। कम्पनीका उच्च व्यवस्थापनको रोहवरमा कम्पनीका ७ वटै प्रदेशका प्रमुखहरु, विभागीय प्रमुखहरु तथा बागमति प्रदेश अन्तर्गत काठमाडौँ उपत्यका भित्रका शाखा प्रबन्धकहरु समेतको सहभागितामा कम्पनीले पालना […]

Feb 24, 2025 - 06:55
 0
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अनुपालन तथा एएमएल-सिएफटि तालिम सम्पन्न

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले अनुपालन तथा एएमएल-सिएफटि तालिम तथा सेमिनार सम्पन्न गरेको छ। कम्पनीले फागुन १० गते बल्थली भिलेज रिसोर्ट, काभ्रेपलान्चोकमा अनुपालन तथा एएमएल-सिएफटि तालिम तथा सेमिनार सम्पन्न गरेको हो।

कम्पनीका उच्च व्यवस्थापनको रोहवरमा कम्पनीका ७ वटै प्रदेशका प्रमुखहरु, विभागीय प्रमुखहरु तथा बागमति प्रदेश अन्तर्गत काठमाडौँ उपत्यका भित्रका शाखा प्रबन्धकहरु समेतको सहभागितामा कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा एएमएल-सिएफटि तालिम तथा सेमिनारको आयोजन गरेको हो ।

उक्त अवसरमा कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले उच्च व्यवस्थापन, विभागीय प्रमुख तथा प्रदेश प्रमुख, शाखा प्रबन्धकहरुलाई अनुपालन तथा एएमएल-सिएफटिको बारेमा विस्तृत रुपमा जानकारी गराए । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीका नियमक निकायहरुले दिएको निर्देशन त्यसैगरी ऐन नियम, कानून र उच्च व्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र समेतको अक्षरस पालना गरी ग्राहकहरुलाई सेवा प्रदान गर्नुपर्ने बताए।

साथै, आफ्नो दैनिक काम कारवाहीमा सोलाई पूर्ण रुपमा पालना गरी अगाडी बढ्न निर्देशन दिए । सोही अवसरमा श्रेष्ठले सबै विभागीय प्रमुखमार्फत सबै विभागका कर्मचारीहरुलाई तथा प्रदेश प्रमुख मार्फत शाखाका सम्पूर्ण कर्मचारीहरुलाई दैनिक रुपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रहरुको पालना गरेर मात्र कार्य गर्न निर्देशन दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register