अपरेसन सिन्दुरको अन्तर्राष्ट्रियकरण गर्दै भारत, शशी थरूरको नेतृत्वको प्रतिनिधिमण्डललाई सात मुलुक पठाउँदै

काठमाडौं । भारतले आतंकवादविरूद्धको आफ्नो कारबाहीबारे जानकारी गराउन सुरक्षा परिषद्‌मा रहेका पाँच राष्ट्रसहितका मुलुकमा संसदीय प्रतिनिधिमण्डल पठाउने भएको छ । पहलगाममा आतंवकवादी हमलापछि पाकिस्तानमा आतंकवादीलक्षित अपरेसन सिन्दुर चलाउनुको कारण र आतंकवादविरूद्धको आफ्नो कारबाहीबारे सात मुलुकलाई जानकारी गराउन लागेको हो । त्यसका लागि भारत सरकारले सर्वदलीय प्रतिनिधिमण्डल बनाएको छ । ६ दल सम्मिलित प्रतिनिधिमण्डलमा कूटनीतिज्ञ पनि […]

May 17, 2025 - 09:09
 0
अपरेसन सिन्दुरको अन्तर्राष्ट्रियकरण गर्दै भारत, शशी थरूरको नेतृत्वको प्रतिनिधिमण्डललाई सात मुलुक पठाउँदै

काठमाडौं । भारतले आतंकवादविरूद्धको आफ्नो कारबाहीबारे जानकारी गराउन सुरक्षा परिषद्‌मा रहेका पाँच राष्ट्रसहितका मुलुकमा संसदीय प्रतिनिधिमण्डल पठाउने भएको छ ।

पहलगाममा आतंवकवादी हमलापछि पाकिस्तानमा आतंकवादीलक्षित अपरेसन सिन्दुर चलाउनुको कारण र आतंकवादविरूद्धको आफ्नो कारबाहीबारे सात मुलुकलाई जानकारी गराउन लागेको हो । त्यसका लागि भारत सरकारले सर्वदलीय प्रतिनिधिमण्डल बनाएको छ । ६ दल सम्मिलित प्रतिनिधिमण्डलमा कूटनीतिज्ञ पनि रहने छन् ।

सरकारले गठन गरेको प्रतिनिधिमण्डलमा भारतीय कङ्ग्रेस पार्टीबाट शशी थरूर छन् । कङ्ग्रेससँग सरकारले प्रतिनिधिमण्डलका लागि नाम माग्दा चार जनाको नाम पठाएको थियो । उक्त सूचीमा थरूरको नाम नभएपनि उनलाई समावेश गराइएको छ ।

आफूलाई समावेश गराइएकोप्रति थरूरले भनेका छन्, ‘हालसालैको घटनाबारे भारतको राष्ट्रिय धारणा जानकारी गराउनका निम्ति पाँच मुख्य राजधानीमा जाने प्रतिनिधिमण्डलमा मलाई समावेश गराइएकोप्रति म कृतज्ञ छु । राष्ट्रिय हितका सवालमा मेरो आवश्यकता परेको खण्डमा म जहिले पनि उपलब्ध हुनेछु ।’ थरूर संसद्‌को वैदेशिक मामिला समितिका अध्यक्ष पनि हुन् ।

उक्त प्रतिनिधिमण्डलमा भाजपाबाट रविशंकर प्रसाद र बैजयन्त पाण्डा छन् । जनता दल युनाइटेडबाट सञ्जयकुरमा झा, द्रविदा मुन्नेत्रा कजहागम(डीएमके)बाट कानीमोजी करूणानिधी छन् । यस्तै, राष्ट्रवादी कङ्ग्रेसबाट सुप्रिया सुले र शिव सेनाबाट श्रीकान्त एकनथा सिन्डे छन् ।

उनीहरू २३ मे बाट १० दिने कूटनीतिक भ्रमणमा जानेछन् । २२ अप्रिलमा पहलगाममा आतंकवादी हमला हुँदा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो । त्यसको जवाफमा भारतले ७ मेबाट अपरेसन सिन्दुर चलाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register