कर्मचारीको पाखुरामा हात राख्दा आलोचित बनेका न्युजिल्याण्डका मन्त्रीले दिए राजीनामा

काठमाडौं । कर्मचारीको पाखुरामा हात राख्दा आलोचित भएका न्युजिल्याण्डका वाणिज्यमन्त्री एन्ड्रयु बेलीले पदबाट राजीनामा दिएका छन् । बेलीले सोमबार राजीनामा दिएको बीबीसीले उल्लेख गरेको छ । गत हप्ता उनले टोलीका एक सदस्यको माथिल्लो पाखुरामा आफ्नो हात राखेका थिए । उनले घटनाबाट आफू ‘दुःखी’ भएको र कुनै बहसमा प्रवेश नगरेको बरु यो ‘जोश र ऊर्जाले भरिएको […]

Feb 24, 2025 - 11:10
 0
कर्मचारीको पाखुरामा हात राख्दा आलोचित बनेका न्युजिल्याण्डका मन्त्रीले दिए राजीनामा

काठमाडौं । कर्मचारीको पाखुरामा हात राख्दा आलोचित भएका न्युजिल्याण्डका वाणिज्यमन्त्री एन्ड्रयु बेलीले पदबाट राजीनामा दिएका छन् ।

बेलीले सोमबार राजीनामा दिएको बीबीसीले उल्लेख गरेको छ ।

गत हप्ता उनले टोलीका एक सदस्यको माथिल्लो पाखुरामा आफ्नो हात राखेका थिए ।

उनले घटनाबाट आफू ‘दुःखी’ भएको र कुनै बहसमा प्रवेश नगरेको बरु यो ‘जोश र ऊर्जाले भरिएको छलफल’ भएको प्रतिक्रिया दिएका छन् ।

यद्यपि, मन्त्री पद छोडेपछि पनि बेलीको सांसद पद भने कायम नै रहनेछ ।

बेलीले आफ्नो बयानमा भने, “गत हप्ता मेरो कर्मचारीको एक सदस्यसँग कामको बारेमा चर्को छलफल भइरहेको थियो । मैले छलफललाई धेरै टाढा लगेँ र उनको माथिल्लो पाखुरामा मेरो हात राखेँ, जुन अनुपयुक्त थियो ।”

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले सरकारले एक हप्ताभित्र यो मुद्दालाई जसरी सम्बोधन गरेको छ, त्यो धेरै छिटो र राम्रो भएको बताएका छन् ।

यद्यपि, लेबर पार्टीका नेता क्रिस हिपकिन्सले यो मुद्दा समाधान हुन यति धेरै समय लाग्नु नहुने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register