बैङ्लोरको विजयी सुरुवात, कोलकातालाई सात विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्लोरले विजयी सुरुवात गरेको छ । शनिबार राति इडेन गार्डेनमा भएको उद्घाटन खेलमा बैङ्लोरले कोलकाता नाइट राइडर्सलाई सत विकेटले हराएको हो । घरेलु टोली कोलकाताले दिएको १७५ रनको विशाल लक्ष्य बैङ्लोरले तीन विकेटको क्षतिमा २२ बाँकी छँदै १७७ रन बनाएर पूरा गर्यो । बैङ्लोरको जितमा विराट […]

Mar 23, 2025 - 00:25
 0
बैङ्लोरको विजयी सुरुवात, कोलकातालाई सात विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्लोरले विजयी सुरुवात गरेको छ ।

शनिबार राति इडेन गार्डेनमा भएको उद्घाटन खेलमा बैङ्लोरले कोलकाता नाइट राइडर्सलाई सत विकेटले हराएको हो ।

घरेलु टोली कोलकाताले दिएको १७५ रनको विशाल लक्ष्य बैङ्लोरले तीन विकेटको क्षतिमा २२ बाँकी छँदै १७७ रन बनाएर पूरा गर्यो ।

बैङ्लोरको जितमा विराट कोहली र फिल साल्टले अर्धशतकीय पारी खेले । कोहलीले अविजित रहेर सर्वाधिक ५९ तथा साल्टले ५६ रन बनाए । यस्तै लिम लिभिङस्टोनले अविजित १५ रन पनि जितको लागि निर्णायक रह्यो ।

यसैगरी कप्तान रजत पतिदारले पनि महत्वपूर्ण ३४ रन बनाए भने देवदक्त पडिक्कालले १० रन जोडे ।

कोलकाताका बलरहरूले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७४ रन बनाएको थियो । कोलकाताका लागि कप्तान अजिक्य राहाणेले अर्धशतकीय पारी खेल्कदै सर्वाधिक ५६ रन बनाए ।

बैङ्लोरका लागि क्रुनाल पाण्ड्याले सर्वाधिक तीन विकेट लिए । उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए । पाण्ड्याले चार ओभरमा २९ रन दिए ।

यससँगै बैङ्लोरले महत्वपूर्ण तीन अङ्क जोडेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register