‘नो केबलकार समूह’ लाई पुन वार्तामा आउन सरकारको अपिल

काठमाडौं । ताप्लेजुङस्थित पाथीभरा मुक्कुम्लुङ केबलकार खारेजीको माग गर्दै आन्दोलनरत समूहलाई सरकारले पुन वार्तामा आउन अपिल गरेको छ । सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत समूहबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्या समाधानका गर्न आन्दोलनरत पक्षलाई पुन वार्तामा आउन अपिल गरेका हुन् । भट्टराईले  वार्ताको माध्यमबाटै समस्याको शान्तिपूर्ण […]

Feb 24, 2025 - 12:52
 0
‘नो केबलकार समूह’ लाई पुन वार्तामा आउन सरकारको अपिल

काठमाडौं । ताप्लेजुङस्थित पाथीभरा मुक्कुम्लुङ केबलकार खारेजीको माग गर्दै आन्दोलनरत समूहलाई सरकारले पुन वार्तामा आउन अपिल गरेको छ ।

सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत समूहबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्या समाधानका गर्न आन्दोलनरत पक्षलाई पुन वार्तामा आउन अपिल गरेका हुन् ।

भट्टराईले  वार्ताको माध्यमबाटै समस्याको शान्तिपूर्ण समाधान गर्ने उद्देश्यले केबलकार निर्माण स्थगित गरिएकाले आन्दोलनरत पक्षलाई वार्ता र संवादमा आउन अपिल गरेको विज्ञप्तिमा जनाएका छन् ।

सरकारी पक्षले यसअघि नै दुई पटक संवादका लागि आन्दोलनरत पक्षलाई बोलाइसकेको छ । एक पटक वार्ता भए पनि सहमति जुट्न नसक्दा ताप्लेजुङमा झडप बढ्न थालेपछि स्थानीय प्रशासनले प्रदर्शनमा रोक लगाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register