असार २४ सम्म नारायणहिटी क्षेत्रमा आन्दोलन गर्न नपाइने

काठमाडौं । राजावादीहरूले काठमाडौंस्थित नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरिइरहेका बेला स्थानीय प्रशासनले सो क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार एक आदेश जारी गर्दै केशर महल चोकदेखि नारायाणहिटीसम्म र महेन्द्र शालिकादेखि नारायणहिटीसम्मलाई निषेधित क्षेत्र तोकेका छन् । प्रमुख जिल्ला अधिकारीले एक शनिबारदेखि असार २४ गतेसम्म लागू […]

May 30, 2025 - 16:02
 0
असार २४ सम्म नारायणहिटी क्षेत्रमा आन्दोलन गर्न नपाइने

काठमाडौं । राजावादीहरूले काठमाडौंस्थित नारायणहिटी दरबार क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरिइरहेका बेला स्थानीय प्रशासनले सो क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार एक आदेश जारी गर्दै केशर महल चोकदेखि नारायाणहिटीसम्म र महेन्द्र शालिकादेखि नारायणहिटीसम्मलाई निषेधित क्षेत्र तोकेका छन् ।

प्रमुख जिल्ला अधिकारीले एक शनिबारदेखि असार २४ गतेसम्म लागू हुने गरी निषेधित क्षेत्र तोकेसँगै ती क्षेत्रमा अब आन्दोलन, धर्ना, जुलुस गर्न नपाइने भएको हो । उता राजावादी आन्दोलनकारीहरूले भने ती क्षेत्रहरूमा प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register