बिर्तामोडको निःशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न

बिर्तामोड, १६ जेठ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको लोक सेवा तयारी कक्षा तालिम सम्पन्न भएको छ । विपन्न, दलित जनजाति तथा आदिवासीहरुको लागि निःशुल्करुपमा सञ्चालन गरिएको ४५ दिने तालिम आज सम्पन्न भएको हो । नगरपालिकाको सभाहलमा आयोजित तालिम समापन कार्यक्रममा नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले तालिममा सहभागीहरुलाइ लोकसेवा तयारी पुस्तक वितरण गर्नु भयो । [...] The post बिर्तामोडको निःशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न appeared first on Jhapa Online.

May 30, 2025 - 16:42
 0
बिर्तामोडको निःशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न

बिर्तामोड, १६ जेठ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको लोक सेवा तयारी कक्षा तालिम सम्पन्न भएको छ । विपन्न, दलित जनजाति तथा आदिवासीहरुको लागि निःशुल्करुपमा सञ्चालन गरिएको ४५ दिने तालिम आज सम्पन्न भएको हो ।

नगरपालिकाको सभाहलमा आयोजित तालिम समापन कार्यक्रममा नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले तालिममा सहभागीहरुलाइ लोकसेवा तयारी पुस्तक वितरण गर्नु भयो । प्रति विद्यार्थी २५ सय रुपैयाँ मूल्य बराबरको पुस्तक वितरण गरिएको हो । तालिममा ५० जनाको सहभागिता थियो ।महिला बालबालिका शाखा मार्फत आयोजना गरिएको यस तयारी कक्षालाई नोभा फाउण्डेसनले सहजिकरण गरेको थियो ।

कार्यक्रममा तालिम अवधिमै प्रदेश लोक सेवा पाचौँ तहमा नाम निकाल्न सफल तीन जनालाई अविर लगाएर बधाई तथा सम्मान गरिएको छ । प्रभा तिम्सिना, जस्मिन तिम्सिना र बिमला ढुंगेलले नाम निकाल्न सफल भएकोले सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर उप प्रमुख संग्रौलाले देशमै भविस्य देखेका युवाहरुको लागि नगरपालिकाले लोकसेवा कक्षासंगै विभिन्न प्रकारका सिपमुलक तालिम आयोजना गर्दै आएको बताउनु भयो । उहाँले नगरको लगानी खेर जान नदिन आग्रह गर्दै विद्यार्थीको उज्जवल भविश्यको कामना गर्नु भयो ।

सामाजिक विकास संयोजक यमुनादेवी आचार्यको अध्यक्षतामा आयोजित तालिम समापन कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, संगिता सिवा, शर्मिला राजवंशी, लक्ष्मिा खतिवडा, रोजगार शाखा संयोजक होमनाथ भट्टराई, सामाजिक विकास शाखा अधिकृत पुष्पा कार्की, नोभा फाउण्डेसनका सञ्चालक प्रकाश पराजुली लगायतको उपस्थिति रहेको थियो ।

The post बिर्तामोडको निःशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register