इरानले बदला लिने डरले खाना र पानी जम्मा गर्दैछन् इजरायली

काठमाडौं । इरानले बदला लिने डरले इजरायलका नागरिकले खाना र पानीको भण्डारण गर्न थालेका छन् । जेरुसेलमका सुपरमार्केटहरूमा सामानहरू सकिँदैछन् । मानिसहरूले सबैभन्दा बढी खाना र पानीको भण्डार गरिरहेको बीबीसीले जनाएको छ । इजरायलका अधिकांश मानिसहरू स्थानीय समयअनुसार बिहान ३ बजे उठेका थिए । त्यतिबेला खतराको चेतावनी दिँदै साइरन अलर्ट जारी गरिएको थियो । इजरायलमा […]

Jun 13, 2025 - 11:04
 0
इरानले बदला लिने डरले खाना र पानी जम्मा गर्दैछन् इजरायली

काठमाडौं । इरानले बदला लिने डरले इजरायलका नागरिकले खाना र पानीको भण्डारण गर्न थालेका छन् ।

जेरुसेलमका सुपरमार्केटहरूमा सामानहरू सकिँदैछन् । मानिसहरूले सबैभन्दा बढी खाना र पानीको भण्डार गरिरहेको बीबीसीले जनाएको छ ।

इजरायलका अधिकांश मानिसहरू स्थानीय समयअनुसार बिहान ३ बजे उठेका थिए । त्यतिबेला खतराको चेतावनी दिँदै साइरन अलर्ट जारी गरिएको थियो ।

इजरायलमा आपत्‌कालीन सेवाहरूको लागि पनि रगत सङ्कलन भइरहेको छ । यसबाहेक अस्पतालमा भर्ना भएकाहरू जसको अवस्था घर जान पर्याप्त छ, उनीहरूलाई डिस्चार्ज गरिँदैछ ।

अर्को सूचना नभएसम्मका लागि पश्चिम किनारका सबै प्यालेस्टिनी शहरहरूमा तालाबन्दी लगाइएको छ ।

यता, इजरायली सेनाले इरानले १०० भन्दा बढी ड्रोनहरू प्रहार गरेको बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register