महाशिवरात्रिः पशुपतिमा साधुहरुको अनेक रुप (तस्विरहरु) 

काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा बिहीबार बिहानैदेखि पशुपतिनाथ भक्तजनले भरिएको छ । बिहान ३ बजेदेखि नै मन्दिरको ढोका खुला भएका छन् भने मध्यान्हसम्म पनि दर्शन गर्नेहरुको घुइँचो छ । त्यहीँ अनेक रुपमा देखिएका साधु-सन्तहरू धूनी जमाएर बसेका छन् । पशुपतिको चारैतर्फ भजनकीर्तन गुन्जिएको छ भने ‘हर हर महादेव’को गुन्जनले वातावरण आध्यात्मिक बनेको छ । भक्तजनहरू […]

Feb 26, 2025 - 08:52
 0
महाशिवरात्रिः पशुपतिमा साधुहरुको अनेक रुप (तस्विरहरु) 

काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा बिहीबार बिहानैदेखि पशुपतिनाथ भक्तजनले भरिएको छ । बिहान ३ बजेदेखि नै मन्दिरको ढोका खुला भएका छन् भने मध्यान्हसम्म पनि दर्शन गर्नेहरुको घुइँचो छ ।

त्यहीँ अनेक रुपमा देखिएका साधु-सन्तहरू धूनी जमाएर बसेका छन् । पशुपतिको चारैतर्फ भजनकीर्तन गुन्जिएको छ भने ‘हर हर महादेव’को गुन्जनले वातावरण आध्यात्मिक बनेको छ । भक्तजनहरू बेलपत्र, दूध, र गंगाजल चढाउँदै पूजा गरिरहेका छन् । सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्वयंसेवकहरू दर्शन व्यवस्थापनमा खटिएका छन् । शिवभक्तहरूको उत्साहले पशुपति क्षेत्र भक्तिमय बनेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register