पूर्वअध्यक्ष बस्नेतको सम्झनामा वृक्षारोण र रक्तदान गरेर रोटरीले मनायो चार्टर डे

बिर्तामोड, १५ जेठ । रोटरी क्लब अफ बिर्तामोडले क्लब स्थापनाको १५ औं स्थापना दिवस (चार्टर डे) अन्तरगत क्लबका पूर्व अध्यक्ष विनोद बस्नेतलाई सम्झन्दै मनाएको छ । क्लबले चार्टर डेको प्रथम चरणमा बिर्तामोडको विराटपोखरस्थित विराट भरत विश्रान्ति आश्रममा विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरु रोपण गरेको छ। संयोजक ओमकृष्ण विमलीको संयोजकत्वमा आयोजित वृक्षारोपण कार्यक्रममा क्लबका पूर्व अध्यक्षसहित [...] The post पूर्वअध्यक्ष बस्नेतको सम्झनामा वृक्षारोण र रक्तदान गरेर रोटरीले मनायो चार्टर डे appeared first on Jhapa Online.

May 29, 2025 - 04:06
 0
पूर्वअध्यक्ष बस्नेतको सम्झनामा वृक्षारोण र रक्तदान गरेर रोटरीले मनायो चार्टर डे

बिर्तामोड, १५ जेठ । रोटरी क्लब अफ बिर्तामोडले क्लब स्थापनाको १५ औं स्थापना दिवस (चार्टर डे) अन्तरगत क्लबका पूर्व अध्यक्ष विनोद बस्नेतलाई सम्झन्दै मनाएको छ ।

क्लबले चार्टर डेको प्रथम चरणमा बिर्तामोडको विराटपोखरस्थित विराट भरत विश्रान्ति आश्रममा विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरु रोपण गरेको छ। संयोजक ओमकृष्ण विमलीको संयोजकत्वमा आयोजित वृक्षारोपण कार्यक्रममा क्लबका पूर्व अध्यक्षसहित रोटेरियन र रोट्रयाक्टरहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

दोश्रो चरणमा बिर्ताबजार चोकस्थित दुर्गा मन्दिर परिसरमा बृहत रक्तदान कार्यक्रम गरेको छ । ५२ वर्षको अल्पायुमा निधन भएका पूर्वअध्यक्ष बस्नेत मानवीय सेवाको भावको सम्मान गर्दै आयोजित रक्तदान कार्यक्रममा ५२ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोड पठाइएको कार्यक्रम संयोजक संजेश शिवाकोटीले बताउनुभयो ।

क्लबका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’को अध्यक्षतामा भएको संक्षिप्त औपचारिक कार्यक्रम संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यता र वडा नं. ३ का अध्यक्ष मदनकुमार बुढाथोकीको विशेष आतिथ्य रहेको थियो। रक्तदान कार्यक्रममा विभिन्न संघ–संस्थाका पदाधिकारी, जनप्रतिनिधि, सामाजिक व्यक्तित्वको उल्लेखनीय उपस्थिति रहेको थियो ।

दुर्गा मन्दिर पूजा समिति र रोट्रयाक्ट क्लब अफ बिर्तामोडको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको संचालन क्लबका शैलेन्द्र कुरूम्वाङले र धन्यवाद ज्ञापन मन्दिरका अध्यक्ष बासुदेव माझीले गर्नु भएको थियो ।

The post पूर्वअध्यक्ष बस्नेतको सम्झनामा वृक्षारोण र रक्तदान गरेर रोटरीले मनायो चार्टर डे appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register