उपचार खर्चको अभावमा स्तन क्यान्सर पीडित

उदयपुर ।  उदयपुरको त्रियुगा नगरपालिका १३ असारीकी एक महिला स्तन क्यान्सरबाट पीडित भएर ओछ्यानमा हल नचल भएर लडेकी छन्  भने आर्थिक  अभावले उपचार नपाएको अवस्थामा छिन् । पीडित महिलाका  पति त्रिनपा १३ का सन्तोष परियारले नेपाल समाचारपत्रलाई दिएको जानकारी अनुसार एक वर्षदेखि पीडामा रहेको र आर्थिक अभावका कारण उपचार गर्न पाएको छैन । ३८ वर्षिय […]

May 28, 2025 - 17:45
 0
उपचार खर्चको अभावमा स्तन क्यान्सर पीडित

उदयपुर ।

 उदयपुरको त्रियुगा नगरपालिका १३ असारीकी एक महिला स्तन क्यान्सरबाट पीडित भएर ओछ्यानमा हल नचल भएर लडेकी छन्  भने आर्थिक  अभावले उपचार नपाएको अवस्थामा छिन् ।

पीडित महिलाका  पति त्रिनपा १३ का सन्तोष परियारले नेपाल समाचारपत्रलाई दिएको जानकारी अनुसार एक वर्षदेखि पीडामा रहेको र आर्थिक अभावका कारण उपचार गर्न पाएको छैन ।

३८ वर्षिय श्रीमती सुस्मिता राई परियार १४ वर्षको एक छोरा र ११ वर्षकी एक छोरीकी आमा हुन । एक वर्षदेखि ओछ्यानमा रोगसँग लडिरहेको जानकारी दिंदै पीडितको पति सन्ताषले आफूसँग भएको सम्पति उपचार खर्चमा सकिएको, एक वर्षदेखि चितवनको भरतपुर अस्पतालमा उपचार गराउँदा सम्पति सकिएपछि अहिले कोठा भाडा गरेर र उपचार बिहीन अवस्थामा बसेको बताए ।

उनले त्रियुगा नगरपालिकामा श्रीमती  उपचारकालागि आर्थिक सहयोग माग्दा विपन्न परिवारलाई दिने सहयोग रकम नै नगरपालिकासँग नभएकोले उपलब्ध गराउन नसकिने जवाफ पाएको बताए ।

बिरामीको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको र साँझ बिहानको छाक टार्न पनि समस्या भएको बताउँदै सन्तोषले वर्षदिनदेखि श्रीमतीको उपचारमा लागेको आफ्नो रोगार पनि नभएको र छोराछोरीको पढाई लेखाई लालन पालनमा समेत बिरामीका कारण संकटपूर्ण अवस्थामा पुगेको बताउँदै सबैसँग श्रीमतीको उपचारकालागि र छोराछोरीको पढाई लेखाईकालागि आवश्यक सहयोग गरिदिन अनुरोध गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register