सेयर बजारमा भित्रिने पहिलो औषधि कम्पनी बन्यो ओम मेगाश्री फर्मास्युटिकल्स, माघ २१ देखि आइपिओ आउने

काठमाडौँ । ओम मेगाश्री फर्मास्युटिकल्स सेयर बजारमा भित्रिने पहिलो औषधिक कम्पनी बनेको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आइपिओ) निष्कासनको अनुमति प्रदान गरिसकेको छ । कम्पनीले पहिलो चरणमा माघ २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ निष्कासन गर्दैछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ८० हजार कित्ता सेयर आइपिओ […]

Jan 23, 2025 - 08:52
 0
सेयर बजारमा भित्रिने पहिलो औषधि कम्पनी बन्यो ओम मेगाश्री फर्मास्युटिकल्स, माघ २१ देखि आइपिओ आउने

काठमाडौँ । ओम मेगाश्री फर्मास्युटिकल्स सेयर बजारमा भित्रिने पहिलो औषधिक कम्पनी बनेको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आइपिओ) निष्कासनको अनुमति प्रदान गरिसकेको छ ।

कम्पनीले पहिलो चरणमा माघ २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ निष्कासन गर्दैछ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ८० हजार कित्ता सेयर आइपिओ जारी गर्ने भएको छ ।

कम्पनीलाई बोर्डले कुल १८ लाख कित्ता सेयर निष्कासनको अनुमति प्रदान गरेको छ । जसको १० प्रतिशत सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरिनेछ ।

त्यसतै, कम्पनीले कुल सेयरको ३ प्रतिशत अर्थात ५४ हजार कित्ता सेयर कम्पनीका कार्यरत कर्मचारीका लागि निष्कासन गर्नेछ भने ५ प्रतिशत अर्थात ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित राखेको छ । बाँकी रहको १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिनेछ ।

कम्पनीको आइपिओ निष्कासनका लागि बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल रहेको छ । पहिलो चरणको आइपिओमा लगानीकर्ताले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register