बेलायतको सिजनल वर्कर भिजाका नाममा बढ्यो ठगी

लन्डन । अचेल विदेश पठाइदिने नाममा निकै ठगी बढेको छ ।  वैदेशिक गन्तब्यको प्रमुख आकर्षण बेलायत पनि यो बाट अछुत रहने कुरै भएन । बेलायतको विधार्थी भिजामा केही कन्सल्टेन्सीले बदमासी गरेपनि बढी ठगी चाहिं वर्क परमिट र सिजनल वर्कर भिजा (मौसमी कामदार) मा पठाइदिने भन्दै बढेको छ । गिरोहले सामाजिक सञ्जाल तथा फोन कलमार्फत सोझा […]

Feb 26, 2025 - 16:42
 0
बेलायतको सिजनल वर्कर भिजाका नाममा बढ्यो ठगी

लन्डन । अचेल विदेश पठाइदिने नाममा निकै ठगी बढेको छ ।  वैदेशिक गन्तब्यको प्रमुख आकर्षण बेलायत पनि यो बाट अछुत रहने कुरै भएन । बेलायतको विधार्थी भिजामा केही कन्सल्टेन्सीले बदमासी गरेपनि बढी ठगी चाहिं वर्क परमिट र सिजनल वर्कर भिजा (मौसमी कामदार) मा पठाइदिने भन्दै बढेको छ ।

गिरोहले सामाजिक सञ्जाल तथा फोन कलमार्फत सोझा नेपालीलाई बेलायतमा मौसमी कामदारका लागि पठाइदिने भन्दै पैसा असुल्न सक्रिय भएपछि वैदेशिक रोजगार विभागले विज्ञप्ति नै निकालेर सचेत गराएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत निकायमा गुनासो आएसँगै विभागले सचेत गराएको हो । 

विभागले बेलायतमा मौसमी कामदार पठाउने गरी कुनै नीतिगत निर्णय नभएकाले प्रलोभनमा नपर्न सबैमा अनुरोध गरेको छ।

विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले मन्त्रालयको तर्फबाट कुनै पनि नीतिगत निर्णय नभएको र स्वीकृति दिई पठाउने व्यवस्था समेत नभएको बताएका छन्। 

उक्त कार्य कानुनसम्मत नहुने भएकाले कुनै पनि संस्था वा व्यक्तिसँग कुनै रकम लेनदेन नगर्न सुवेदीको अनुरोध छ । अवैधानिक प्रक्रियाबाट जाने सोच तथा योजना नबनाउन समेत उनले अनुरोध गरे । 

युरोपेली संघबाट बाहिरिएपछि बेलायतले यहाँ कृषि फार्ममा खेती गर्ने जनशक्ति अभावलाई मध्यनजर गर्दै ६ महिना अस्थायी जागिर दिने परियोजना सन् २०१९ मा सुरु गरेको थियो । 

तर, यस रुटको व्यापक दुरुपयोग भयो । कामदार आपूर्ति गर्ने संस्थाले नेपालीबाट अवैध शुल्क लिन थाले भने अधिकांश नेपाली पनि यतै लुकेर शररार्थी आवेदन दिने क्रम बढेपछि सरकारले नेपालबाट आउन रोकिदियो ।

लन्डनस्थित एक जना नेपाली सोलिसिटर दीपक भट्टराईले सिजनल भिजामा आएका धेरै नेपाली कामदारले ’असाइलम क्लेम’ गरेका कारण र एजेन्टबाट आर्थिक शोषणको खबर पछि बेलायतले अहिले नेपालबाट कामदार ल्याउन बन्द गरेको बताए । 

‘१९५१ यूएन रेफ्यूजी कन्भेन्सन’ मा कस्तो ग्राउन्डसमा शरणार्थी आवेदन दिन मान्य छ स्पष्ट उल्लेख भएको जनाउंदै सोलिसिटर भट्टराईले ‘इकोनोमिक माइग्रेण्ट’ शरणार्थी दावी गर्न उपयुक्त कारण नहुने पनि बताए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register