‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

गण्डकी । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न महोत्सवमा प्रस्तुति दिए । फागुन लागेसँगै साङ्गीतिक कार्यक्रमका लागि युयई पुगेका उनलाई त्यहाँबाट फर्केपछि पनि मेला–महोत्सवमा पुग्न भ्याइनभ्याइ छ । मङ्गलबार कैलालीको सुखडमा आयोजित ‘दोस्रो घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव’मा प्रस्तुति दिएका थापा बुधबार चितवनको गड्यौली महोत्सव पुग्दै छन् । यही बेला […]

Feb 26, 2025 - 16:43
 0
‘दुश्मन हेरेको हेरै…’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ

गण्डकी । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न महोत्सवमा प्रस्तुति दिए । फागुन लागेसँगै साङ्गीतिक कार्यक्रमका लागि युयई पुगेका उनलाई त्यहाँबाट फर्केपछि पनि मेला–महोत्सवमा पुग्न भ्याइनभ्याइ छ । मङ्गलबार कैलालीको सुखडमा आयोजित ‘दोस्रो घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव’मा प्रस्तुति दिएका थापा बुधबार चितवनको गड्यौली महोत्सव पुग्दै छन् ।

यही बेला उहाँको पछिल्लो गीत ‘दुश्मन हरेरै हेरै…’ले पनि युट्युबमा उल्लेख्य दर्शक÷स्रोता बटुलेको छ । एक महिनाअघि थापाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म दुई करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ । युट्युब ट्रेन्डिङको पहिलो स्थानमासमेत परिसकेको उक्त गीतको सफलता सँगसँगै मेला–महोत्सवमा उनको माग बढेको हो । यो गीत छोटो समयमा धेरै ‘भ्यूज’ पाउने थापाको पहिलो गीत हो ।

गत साता एकैदिन हेटौँडा र नुवाकोटको महोत्सवमा पुगेका थापाले हेलिकप्टर प्रयोग गरेका थिए । “फागुन महिनामा ३२ भन्दा बढी ठाउँमा प्रस्तुति दिँदैछु, यो सब दर्शक÷स्रोताको माया र साथले सम्भव भएको हो”, उनले भने, “दुश्मन हेरैको हेरै…गीतको सफलताले मलाई पनि थप उचाइ दियो, यसबाट नयाँ ऊर्जा पाएको महसुस भइरहेको छ ।” कतिपय ठाउँका कार्यक्रममा  आए पनि व्यवस्ताका कारण समय दिन नभ्याएको थापाले सुनाए । युट्युबसँगै मेला–महोत्सवमा दर्शकले दिएको साथका कारण उनले आर्थिक रूपमा पनि राम्रो लाभ उठाइरहेका छन् ।

उनलाई युट्युबबाट पनि राम्रो कमाइ हुन्छ । ‘दुर्गेश थापा’ नामको युट्युबमा सस्क्राइबरको सङ्ख्या दस लाखबढी पुगेको छ । ‘दुश्मन हेरेको हेरै…’मा थापासहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ । थापाले आफ्नै शब्द र सङ्गीतमा उक्त गीत तयार पारेका हुन् ।

गीतको म्यूजिक भिडियोमा थापासहित कलाकार प्रियङ्का कार्की, कविता नेपाली, पेमा लामालगायतका अभियन रहेको छ । सयौँ गीतमा स्वर र म्युजिक भिडियोमा अभिनय गरेका थापाका ‘हामी पनि नाच्नुपर्छ बीचबीचमा…’लगायत गीत चर्चित छन् । थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा सङ्गीत दिएका छन् ।

थापाले आधुनिक, लोकदोहोरी, पपलगायत गीतका म्युजिक भिडियोमा अभिनय गरेका छन् । ‘डाँडै बिसौनी…’, ‘जुनले मात्र देख्छ…’, ‘हाँस्न सिकायौं…’लगायत उनीद्वारा अभिनित चर्चित लोकदाहोरी गीत हुन् । पहिलोपटक दीपक÷दीपाको चलचित्र ‘छ माया छपक्कै..’मा प्रोमोशनल गीत गाएका थापाले गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘ह्रस्वदीर्घ’मा गाएको ‘उठेर नाचिस्यो…’ गीत पनि चर्चित बनेको थियो ।

छिट्टै प्रदर्शनका आउन लागेको ‘रङ्गी’ चलचित्रको ‘छ भने माया हाइ भन…’ गीतको सङ्गीत र शब्द पनि उनले रचना गरेका हुन् । उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिएका छन् । थापाले गायकभन्दा बढी स्टेज ‘परर्फमर’का रूपमा आफूलाई चिनाउन चाहान्छन् । करिअरको सुरूआतीकालमा रेष्टुराँ र बारमा नृत्यकारको रूपमा काम गरेका  उनी अहिले अभिनय र सङ्गीतमा पोख्त बनेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register