राष्ट्रसङ्घमा पाकिस्तानबारे भारतको टिप्पणी : अन्तर्राष्ट्रिय सहायतामा मात्र बाँचिरहेको असफल राष्ट्र

काठमाडौं । भारतले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्मा पाकिस्तानलाई ’असफल राष्ट्र’को आरोप लगाउँदै अन्तर्राष्ट्रिय सहयोगमा मात्र बाँचिरहेको भन्दै कडा टिप्पणी गरेको छ । मानवअधिकार परिषद्को ५८औं सत्रमा भारतीय कूटनीतिज्ञ क्षितिज त्यागीले पाकिस्तानी नेतृत्वमाथि सेनाद्वारा प्रवर्द्धित झुट फैलाएको आरोपसमेत लगाए । पाकिस्तानका कानुनमन्त्री आजम नाजिर तरारको आरोपपछि त्यागीले यस्तो प्रतिक्रिया दिएका हुन् । जसमा तरारले जम्मू–कश्मीरमा मानवअधिकार […]

Feb 27, 2025 - 03:49
 0
राष्ट्रसङ्घमा पाकिस्तानबारे भारतको टिप्पणी : अन्तर्राष्ट्रिय सहायतामा मात्र बाँचिरहेको असफल राष्ट्र

काठमाडौं । भारतले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्मा पाकिस्तानलाई ’असफल राष्ट्र’को आरोप लगाउँदै अन्तर्राष्ट्रिय सहयोगमा मात्र बाँचिरहेको भन्दै कडा टिप्पणी गरेको छ ।

मानवअधिकार परिषद्को ५८औं सत्रमा भारतीय कूटनीतिज्ञ क्षितिज त्यागीले पाकिस्तानी नेतृत्वमाथि सेनाद्वारा प्रवर्द्धित झुट फैलाएको आरोपसमेत लगाए ।

पाकिस्तानका कानुनमन्त्री आजम नाजिर तरारको आरोपपछि त्यागीले यस्तो प्रतिक्रिया दिएका हुन् । जसमा तरारले जम्मू–कश्मीरमा मानवअधिकार उल्लङ्घन भइरहेको बताएका थिए ।

‘पाकिस्तानले कश्मीर र भारत बारेमा निरन्तर झुट फैलाइरहेको छ, यो दुःखद हो,’ यस आरोपबारे त्यागीले भने, ‘यसका प्रतिनिधिहरूले ओआईसीजस्ता फोरमहरूको खिल्ली उडाइरहेका छन् । पाकिस्तानले ओआईसीलाई आफ्नो मुखपत्रको रुपमा प्रयोग गरेर दुरुपयोग गरिरहेको छ ।’

भारतीय कूटनीतिज्ञ त्यागीले जम्मू–कश्मीर र लद्दाखका केन्द्र शासित प्रदेशहरू सधैं भारतका अभिन्न अङ्ग रहेको स्पष्ट पारे को बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

‘जम्मू–कश्मीर र लद्दाखका केन्द्र शासित प्रदेशहरू सधैं भारतका अभिन्न अङ्ग रहेका छन् र रहनेछन् । पछिल्ला केही वर्षहरूमा जम्मू र कश्मीरमा भएको अभूतपूर्व राजनीतिक, सामाजिक र आर्थिक प्रगतिले आफ्नै कथा बताउँदै छ,’ आफ्नो भनाइको अन्त्य गर्दै उनले थपे, ‘यो दुर्भाग्यपूर्ण छ कि यस परिषद्को समय एक असफल देशले बर्बाद गरिरहेको छ, जुन अस्थिर छ र अन्तर्राष्ट्रिय सहायतामा बाँचिरहेको छ ।’

भारतको बारेमा धेरै सोच्नुको सट्टा आफ्ना नागरिकहरूको समस्या समाधान गर्नमा बढी ध्यान केन्द्रित गर्न पनि त्यागीले सुझाव दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register