हमासले फिर्ता गर्‍यो चार इजरायली बन्धकको शव

जेरुसेलम । इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले चार बन्धकहरूको शव फिर्ता गरेको छ । इजरायल र हमासबीचको सम्झौताको पहिलो चरणअन्तर्गत यो बन्धक र कैदीहरूको अन्तिम आदानप्रदान थियो । हमासले हस्तान्तरण गरेका चार बन्धकहरूको शव अझै पहिचान हुन भने सकेको छैन । तर हमासले उनीहरूको नाम खुलासा गरेको छ । जसमा ८६ वर्षीय […]

Feb 27, 2025 - 04:07
 0
हमासले फिर्ता गर्‍यो चार इजरायली बन्धकको शव

जेरुसेलम । इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले चार बन्धकहरूको शव फिर्ता गरेको छ ।

इजरायल र हमासबीचको सम्झौताको पहिलो चरणअन्तर्गत यो बन्धक र कैदीहरूको अन्तिम आदानप्रदान थियो ।

हमासले हस्तान्तरण गरेका चार बन्धकहरूको शव अझै पहिचान हुन भने सकेको छैन ।

तर हमासले उनीहरूको नाम खुलासा गरेको छ । जसमा ८६ वर्षीय सलोमो मन्सुर, ५० वर्षीय ओहाद याहालोमी, ५० वर्षीय सच्ची इदान र ६९ वर्षीय इत्जिक अल्ग रात रहेका छन् ।

सन् २०२३ को ७ अक्टोबरमा हमासको आक्रमणका क्रममा उनीहरूलाई बन्धक बनाइएको थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यी बन्धकहरूको शव फिर्ता गरिएको पुष्टि गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register