लगातार चार दिन बढेको सुनको मूल्य आज घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रूपैयाँले घटेको हो । सुन आज तोलाको १ लाख ७० हजार रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि सुन लगातार चार दिन बढेको थियो । बिहीबार ५ सय रूपैयाँ, बुधबार सुन तोलामा १ हजार १ […]

Feb 21, 2025 - 05:08
 0
लगातार चार दिन बढेको सुनको मूल्य आज घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रूपैयाँले घटेको हो ।

सुन आज तोलाको १ लाख ७० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सुन लगातार चार दिन बढेको थियो । बिहीबार ५ सय रूपैयाँ, बुधबार सुन तोलामा १ हजार १ सय रूपैयाँ, मङ्गलबार सुन तोलामा ७ सय रूपैयाँ र सोमबार १ हजार २०० रूपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register