५५ वर्षीया ‘बुलेट आमा’ को काठमाडौं महानगरद्वारा प्रशंशा

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘बुलेट आमा’ भनेर चिनिने शुशिला उप्रेती तिवारीको बुलेट मोटरसाइकल यात्राको प्रशंशा गरेको छ । महानगरपालिकाले बिहीवार एक कार्यक्रम गरी तिवारीलाई प्रशंशा पत्र प्रदान गरेको हो । काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले उनलाई प्रशंशा पत्र प्रदान गर्दै आगामी अन्तरदेशीय यात्रा सफलताको शुभकामना दिइन् । प्रशंसा प्रदान गर्दै उपप्रमुख डंगोलले, तिवारीको मोटरसाइकल यात्रा […]

Feb 27, 2025 - 12:13
 0
५५ वर्षीया ‘बुलेट आमा’ को काठमाडौं महानगरद्वारा प्रशंशा

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘बुलेट आमा’ भनेर चिनिने शुशिला उप्रेती तिवारीको बुलेट मोटरसाइकल यात्राको प्रशंशा गरेको छ । महानगरपालिकाले बिहीवार एक कार्यक्रम गरी तिवारीलाई प्रशंशा पत्र प्रदान गरेको हो ।

काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले उनलाई प्रशंशा पत्र प्रदान गर्दै आगामी अन्तरदेशीय यात्रा सफलताको शुभकामना दिइन् । प्रशंसा प्रदान गर्दै उपप्रमुख डंगोलले, तिवारीको मोटरसाइकल यात्रा सहासी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको उल्लेख गरिन् । ‘नेपाली महिलाहरुले लगाउने गुन्युचोली लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरु महिलाहरुका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो,’ उनले भनिन् । डंगोलले धारणा राख्दै अन्तरदेशीय मोटरसाइकल यात्रा सफलताको कामना गरिन् ।

झापाको बुधबारे बसोबास गर्ने ५५ वर्षीया तिवारीले नेपाली महिलाको राष्ट्रिय पोशाक ‘गुन्युचोली’ लगाएर विश्वशान्तिको कामना गर्दै भदौ ५ गते मेचीबाट मोटरसाइकल यात्रा थालनी गरेकी थिइन् ।

उनी नवौँ दिनको मध्यान्हमा सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर यात्रा समापन गरेकी थिइन् । विगत यात्रा र आगामी योजनाका विषयमा जानकारी दिँदै उनले भनिन्, ‘सहासी र शसक्त नेपाली महिलाको पहिचान प्रवर्धन गर्न अब भारत, बंगालादेश, मलेसिया हुँदै थाइल्याण्डसम्म यात्रा गर्नेछु ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register