५५ वर्षीया ‘बुलेट आमा’लाई काठमाडौँ महानगरको सम्मान

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले बुलेट आमा सुशीला उप्रेती तिवारीको बुलेट मोटरसाइकल यात्राको प्रशंसा गरेको छ । आज उपप्रमुख सुनिता डंगोलले उनलाई प्रशंसा पत्र प्रदान गर्दै आगामी अन्तरदेशीय यात्रा सफलताको शुभकामना दिइन् । त्यस क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेले मायाको चिनो प्रदान गरेका थिए । यस्तै  प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले खादा ओढाएका थिए […]

Feb 27, 2025 - 12:54
 0
५५ वर्षीया ‘बुलेट आमा’लाई काठमाडौँ महानगरको सम्मान

काठमाडौँ । 

काठमाडौँ महानगरपालिकाले बुलेट आमा सुशीला उप्रेती तिवारीको बुलेट मोटरसाइकल यात्राको प्रशंसा गरेको छ । आज उपप्रमुख सुनिता डंगोलले उनलाई प्रशंसा पत्र प्रदान गर्दै आगामी अन्तरदेशीय यात्रा सफलताको शुभकामना दिइन् ।

त्यस क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेले मायाको चिनो प्रदान गरेका थिए । यस्तै  प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले खादा ओढाएका थिए । 

प्रशंसा प्रदान गर्दै उपप्रमुख डंगोलले, तिवारीको मोटरसाइकल यात्रा सहासी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको उल्लेख गरिन् । नेपाली महिलाहरुले लगाउने गुन्युचोली लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरु

महिलाहरुका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो । उनको भनाइ थियो । 

झापाको बुधबारे बसोबास गर्ने तिवारी ५५ वर्षकी छन् । नेपाली महिलाको राष्ट्रिय पोशाक ‘गुन्युचोली’ लगाएर विश्वशान्तिको कामना गर्दै उनले गएको भदौ ५ गते मेचीबाट मोटरसाइकल यात्रा थालनी गरेकी थिइन् । नवौँ दिनको मध्यान्नमा सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर त्यस चरणको यात्रा समापन गरेकी थिइन् । विगत यात्रा र आगामी योजनाका विषयमा जानकारी दिँदै उनले भने, ‘सहासी र शसक्त नेपाली महिलाको पहिचान प्रवर्धन गर्न अब भारत, बंगालादेश, मलेसिया हुँदै थाइल्याण्डसम्म यात्रा गर्नेछु । यात्राका क्रममा भेटिने हरेक व्यक्ति र समुदायको सहयोग लिएर यात्रा सम्पन्न गर्ने योजना छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register