स्कटल्यान्डमा बिस्तार भयो गुल्मी जिल्ला समाज यूके

लन्डन- बेलायतको एक सक्रिय सामाजिक संस्था गुल्मी जिल्ला समाज यूके स्कटल्यान्डमा बिस्तार भएको छ । स्कटल्यान्डवासी सफल व्यवसायी एवम् समाजसेवी काशीराम भण्डारीको संयोजकत्वमा क्षेत्रीय समिति गठन गरिएको समाजका महासचिव महलाल घिमिरेले जानकारी दिए । समितिमा सहसंयोजक छविलाल अर्याल,सचिव माधव भण्डारी,प्रवक्ता मोती खरेल,कोषाध्यक्ष सागर भण्डारी र सदस्यहरू गोकर्ण भुसाल र अशोक जीसी चयन भएका छन् । […]

Jun 19, 2025 - 15:25
 0
स्कटल्यान्डमा बिस्तार भयो गुल्मी जिल्ला समाज यूके


लन्डन- बेलायतको एक सक्रिय सामाजिक संस्था गुल्मी जिल्ला समाज यूके स्कटल्यान्डमा बिस्तार भएको छ ।

स्कटल्यान्डवासी सफल व्यवसायी एवम् समाजसेवी काशीराम भण्डारीको संयोजकत्वमा क्षेत्रीय समिति गठन गरिएको समाजका महासचिव महलाल घिमिरेले जानकारी दिए ।

समितिमा सहसंयोजक छविलाल अर्याल,सचिव माधव भण्डारी,प्रवक्ता मोती खरेल,कोषाध्यक्ष सागर भण्डारी र सदस्यहरू गोकर्ण भुसाल र अशोक जीसी चयन भएका छन् । त्यस्तै, सल्लाहकारमा तारानाथ भण्डारी , यज्ञमूर्ती ढकाल, मिन खरेल र दीवाकर पाण्डे चुनिएका छन् ।

समितिमा टिकाराम खराल, नरिश्वर खरेल, शेरबहादुर केसी र श्रीमती पवित्रा भण्डारी समेत सदस्यका रुपमा मनोनित भएका छन् ।

यसैबीच, नवगठित स्कटल्यान्ड क्षेत्रीय समितिको पहिलो बैठक सम्पन्न भएको छ ।

समितिका प्रवक्ता मोती खरेका अनुसार बैठकले गुल्मी समाज यूकेको मूल विधानको अध्ययन गरी क्षेत्रीय समितिको अधिकार तथा कार्यक्षेत्र निर्धारण गर्न विधान अध्ययन तथा सुझाव संकलन समिति गठन गरेको छ । समितिमा संयोजक काशीराम भण्डारी,सचिव माधव भण्डारी, प्रवक्ता मोती खरेल र सल्लाहकार तारानाथ भण्डारी छन् ।

बैठकले यही जुन महिनाको २३ तारिखमा नेपाली दूतावासको आयोजनामा स्कटल्यान्डमा हुन लागेको नेपाली मेलामा गुल्मी जिल्ला समाज यूकेको स्कटल्याण्ड क्षेत्रीय समितिको ब्यानरसहित सहभागी हुने र मेलालाई सफल बनाउन स्कटल्यान्डवासी सम्पूर्ण गुल्मेलीहरूको व्यापक सहभागितासहित अग्रणी भूमिका निर्वाह गर्ने निर्णय पनि गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register