नेपाल आउन लागेको जानकारी दिँदै विश्वविजेता गोलकिपर बुफोनले भने : सबैसँग त्यहीँ भेटौँला (भिडिओ)

काठमाडौं । इटालीको चर्चित विश्वविजेता गोलकिपर जियोनलियोजी बुफोनले आफू नेपाल आउन लागेको जानकारी दिएका छन् । उनले आफू केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल हेर्न नेपाल आउन लागेको भिडिओ सन्देशमार्फत जानकारी दिएका हुन् । आइतबार काठमाडौंको दशरथ रङ्शालामा हुने उक्त फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहने यसअघि नै आयोजक नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल युवा […]

Feb 28, 2025 - 06:55
 0
नेपाल आउन लागेको जानकारी दिँदै विश्वविजेता गोलकिपर बुफोनले भने : सबैसँग त्यहीँ भेटौँला (भिडिओ)

काठमाडौं । इटालीको चर्चित विश्वविजेता गोलकिपर जियोनलियोजी बुफोनले आफू नेपाल आउन लागेको जानकारी दिएका छन् ।

उनले आफू केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल हेर्न नेपाल आउन लागेको भिडिओ सन्देशमार्फत जानकारी दिएका हुन् ।

आइतबार काठमाडौंको दशरथ रङ्शालामा हुने उक्त फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहने यसअघि नै आयोजक नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल युवा सङ्घले जानकारी दिएको थियो । बुफोनले यसको पुष्टि गरेका छन् ।

भिडिओमा उनले नेपाली भाषामा ‘नमस्तै सबैजनालाई’ भनेका छन् । त्यसपछि अङ्ग्रेजीमा उनले थपेका छन् । ‘जिजी बुफोन हेयर । म मार्च पहिलो साता नेपाल आउँदै छु । केपी ओली कपको फाइनलको प्रमुख अतिथिको रुपमा आउँदैछु । सबैसँग त्यहीँ भेटौँला !’

सन् २००६ को विश्वकप विजेता बुफोन इटालीका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटालीका लागि कीर्तिमानी १७६ खेल खेलेका छन् । इटालीबाट ८० खेलमा कप्तानीसमेत गरेका उनले ५ वटा विश्वकप खेलेका थिए ।

हाल ४७ वर्ष पुगेका बुफोनले १० पटकका इटालियन सिरी ‘ए’को उपाधि जितेका छन् ।

सन् २०१८ मा उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । व्यावसायिक खेल जीवन भने उनले सन् २०२३ मा सकेका थिए ।

हेराैं भिडिओ सन्देश :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register