हिउँले सेताम्मे एनफिल्ड रंगशाला, हिउँ पन्छाएर खेल (तस्वीरहरू)
काठमाडौं । आइतबार साँझ बेलायतमा भारी हिमपात भयो । लिभरपुलको जोन लेनन विमानस्थल र म्यानचेस्टर विमानस्थलले धावनमार्गहरू बन्द नै गर्नुपरेको थियो । यसको असर खेलकुद क्षेत्रमा पनि देखिएको थियो । धेरै खेलकुद कार्यक्रम पहिले नै स्थगित भए । तर इंग्लिस प्रिमियर लिग फूटबलको लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको हेभिवेट खेललाई भने हिमापातले रोक्न सकेन । हिमपातका […]

काठमाडौं । आइतबार साँझ बेलायतमा भारी हिमपात भयो । लिभरपुलको जोन लेनन विमानस्थल र म्यानचेस्टर विमानस्थलले धावनमार्गहरू बन्द नै गर्नुपरेको थियो । यसको असर खेलकुद क्षेत्रमा पनि देखिएको थियो ।
धेरै खेलकुद कार्यक्रम पहिले नै स्थगित भए । तर इंग्लिस प्रिमियर लिग फूटबलको लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको हेभिवेट खेललाई भने हिमापातले रोक्न सकेन । हिमपातका बीच लिभरपुलको रंगशाला एनफिल्डमा खेल भयो । सो खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
शीर्षस्थानको लिभरपुललाई लयमा नरहेको युनाइटेडले बराबरीमा रोक्यो
रंगशालाभर सेताम्मे हिमपात हुनका बाबजुद हिउँ पन्छाएर खेल सञ्चालन गरिएको थियो । दर्शक पनि खेल हेर्न रंगशालामा उपस्थित भएका थिए ।
अब हेरौं तस्वीरमा :
What's Your Reaction?






