बिना लाइसेन्स सवारी चलाए २ देखि १० हजार जरिवाना, गाडीमा नम्बर प्लेट नराखे ५ वर्ष कैद ! 

काठमाडौँ । सरकारले दुई पाङग्रे सवारी साधन (मोटरसाइकल/स्कुटर) मा पछाडि बस्ने यात्रुले अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने व्यवस्था ल्याउने तयारी गरेको छ । २०४९ सालमा बनेको सवारी तथा यातायात व्यवस्था ऐनलाई परिमार्जन गर्दै नयाँ व्यवस्थासहित ल्याउन लागिएको नयाँ ऐनमा सरकारले यस्तो व्यवस्था गरेको हो ।  नयाँ ऐनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो वेबसाइटमा सार्वजनिक […]

Feb 28, 2025 - 08:46
 0
बिना लाइसेन्स सवारी चलाए २ देखि १० हजार जरिवाना, गाडीमा नम्बर प्लेट नराखे ५ वर्ष कैद ! 

काठमाडौँ । सरकारले दुई पाङग्रे सवारी साधन (मोटरसाइकल/स्कुटर) मा पछाडि बस्ने यात्रुले अनिवार्य रुपमा हेलमेट लगाउनुपर्ने व्यवस्था ल्याउने तयारी गरेको छ । २०४९ सालमा बनेको सवारी तथा यातायात व्यवस्था ऐनलाई परिमार्जन गर्दै नयाँ व्यवस्थासहित ल्याउन लागिएको नयाँ ऐनमा सरकारले यस्तो व्यवस्था गरेको हो । 

नयाँ ऐनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ । 

मस्यौदामा दुई पाङग्रे सवारी साधनमा चालक र पछाडि बस्ने यात्रुले अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसअघि चालकका लागि मात्रै हेलमेट अनिवार्य गरिएको थियो । त्यस्तै, सवारी साधन चलाउँदा चालक भन्दा अगाडि बालबालिकालाई राख्न नपाइने व्यवस्था पनि मस्यौदामा उल्लेख गरिएको छ । 

त्यसबाहेक नम्बर प्लेटबिना सवारी सधान चलाए १० हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना वा ५ महिना कैदका साथै सवारी जफत गर्ने व्यवस्था पनि प्रस्तावमा गरिएको छ । त्यस्तै, दर्ता नगरी सवारी सधान चलाएमा दुई पाङग्रे सवारी साधनको हकमा पाँच हजार रुपैयाँ, साना र मझौला सवारीको हकमा १५ हजार र ठूला सवारीको हकमा ५० हजार रुपैयाँ जरिवाना लगाउको व्यवस्था पनि प्रस्ताव गरिएको छ । त्यस्तै, तोकिएको प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गरे दुई पाङग्रे र तीन पाङग्रे सवारीलाई दुई हजार रुपैयाँ, साना र मझौला सवारीलाई तीन हजार रुपैयाँ र ठूला सवारीलाई ५ हजार रुपैयाँ जरिवाना तिराउने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

त्यस्तै, बिना लाइसेन्स सवारी साधन चलाएका दुई पाङग्रे र तीन पाङग्रे सवारीको हकमा दुई हजार, साना र मझौला सवारीको हकमा ५ हजार र ठूला सवारीको हकमा १० हजार रुपैयाँ जरिवाना तिराउने व्यवस्था पनि मस्यौदामा उल्लेख गरिएको छ ।

त्यस्तै, रुट अनुमति नलिइ सवारी चलाए १० हजार, सवारी जाँचपास नगराई सवारी चलाए दुई पाङग्रे र तीन पाङ्ग्रे सवारीलाई ५ हजार, साना र मझौला सवारीलाई १० हजार र ठूला सवारीलाई १५ हजार जरिवाना तिराउने व्यवस्था ल्याइँदैछ । यसबाहेक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा यातायात क्षेत्रमा थुप्रै व्यवस्था थप गरिएको छ । यस्तो छ मन्त्रालयले सार्वजनिक गरेको मस्यौदाः  yatayat

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register