ठमेल आगलागी : २ तला जल्यो, आगो पूर्ण रूपमा नियन्त्रणमा

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा आज दिउँसो विद्युत सर्ट हुँदा भएको  आगलागीबाट एक घरको दुई तला जलेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ स्थित सातघुम्ती चोक नजिक शुक्रबार दिउँसो साढे १२ बजे उर्मिला श्रेष्ठको चार तले पक्की घरको दोस्रो तलामा आगलागी सुरु भएको थियो। प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनाका अनुसार उक्त तला राजन श्रेष्ठले भाडामा […]

May 9, 2025 - 14:40
 0
ठमेल आगलागी : २ तला जल्यो, आगो पूर्ण रूपमा नियन्त्रणमा

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा आज दिउँसो विद्युत सर्ट हुँदा भएको  आगलागीबाट एक घरको दुई तला जलेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ स्थित सातघुम्ती चोक नजिक शुक्रबार दिउँसो साढे १२ बजे उर्मिला श्रेष्ठको चार तले पक्की घरको दोस्रो तलामा आगलागी सुरु भएको थियो।

प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनाका अनुसार उक्त तला राजन श्रेष्ठले भाडामा लिएर फुलमुन क्लब सञ्चालन गर्दै आएका थिए। विद्युत सर्ट भएपछि सुरु भएको आगोले घरको दोस्रो र तेस्रो तला पूर्ण रूपमा क्षतिग्रस्त बनाएको प्रहरीले बताएको छ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।  काठमाडौं महानगरपालिकाका तीन वटा दमकल, बुढानिलकण्ठ नगरपालिकाको एउटा दमकल, पानी ट्याङ्कर, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा   आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register