बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत आज बिहान चट्याङ लागेर एकजना वृद्धको मृत्यु भएको छ। चट्याङ लागेर गरुडा नगरपालिका १ जयनगर बस्ने बर्ष ६५ को सियाराम वनियाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युज कारखानालाई बताए । आज बिहान सवा ८ बजेको समयमा जयनगर स्थित वनिया आफ्नै घर अगाडी बाँधेको बाख्रा […]

Jun 15, 2025 - 08:37
 0
बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

रौतहट ।

रौतहटको मध्यभाग गरुडा नगरपालिका अन्तर्गत आज बिहान चट्याङ लागेर एकजना वृद्धको मृत्यु भएको छ।

चट्याङ लागेर गरुडा नगरपालिका १ जयनगर बस्ने बर्ष ६५ को सियाराम वनियाको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले न्युज कारखानालाई बताए ।

आज बिहान सवा ८ बजेको समयमा जयनगर स्थित वनिया आफ्नै घर अगाडी बाँधेको बाख्रा खोल्ने क्रममा अचानक चट्याङग लागी गम्भीर घाईते भएका थिए।

घाईते बनियाको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा बिहान १० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

रौतहटमा शनिवार देखी फाटफुट र आज बिहान देखी पानी परिरहेको छ। पानी पारेपछि गर्मिबाट केही राहत महसुस भएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register