मुगुसहित कर्णालीमा हिमपात, यातायात अवरुद्ध

मुगु । मुगुलगायत कर्णालीका जिल्लाहरूमा वर्षासँगै हिमपात भएको छ । अन्य जिल्लाभन्दा मुगुमा माघ महिनाको पहिलो सातामै सोमबार रातिदेखि लगातार हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ  ।  मुगुमा बिहबार रातिबाट अत्याधिक वर्षा सँगै हिमपात हुँदा ताल्च विमानस्थल सेताम्य भयको छ भने लामो तथा छोटो दुरिका सवारी साधन समेत शनिबारसम्म बन्द छ । सर्वसाधारण कामको […]

Mar 1, 2025 - 12:36
 0
मुगुसहित कर्णालीमा हिमपात, यातायात अवरुद्ध

मुगु ।

मुगुलगायत कर्णालीका जिल्लाहरूमा वर्षासँगै हिमपात भएको छ । अन्य जिल्लाभन्दा मुगुमा माघ महिनाको पहिलो सातामै सोमबार रातिदेखि लगातार हिमपात भएसँगै यहाँको जनजीवन प्रभावित भएको छ  । 

मुगुमा बिहबार रातिबाट अत्याधिक वर्षा सँगै हिमपात हुँदा ताल्च विमानस्थल सेताम्य भयको छ भने लामो तथा छोटो दुरिका सवारी साधन समेत शनिबारसम्म बन्द छ ।

सर्वसाधारण कामको लागि हवाई र सवारी यात्रा गर्न समेतलाई आउजाउमा समस्या भएको छ । मुगुका पिना ,रारा चखेलि, नेर मुर्मा धैनकोट लगायतका बस्ती हिउँले सताम्य भयका छन्।

लामो समयपछि पानी पर्दा जडिबुटि र बाली सर्पिने आशाले किसान खुसी भएका छन्। लामो समयपछि बिहीबारबाट वर्षा हुँदा शुक्रबार दिनभर र शनिवार पनि उच्च हिमाली भेगमा बर्षा भइकाे छ । मुगु लगायत कर्णालीका हुम्ला ,डोल्पा जाजरकोट मा समेत हिमपात भई अन्य जिल्लामा भारि बर्षात भयको थियो। मुगुको ताल्च बिमानस्थल लगायत कर्णालीका हिमालि जिल्लामा हवाई यातायात समेत २ दिन देखि बन्द छ ।


जिल्लामा छोटा तथा लामा दुरिका सवारी साधनसमेत शनिवार सम्म चल्न सकेका छैनन् । नाग्म- गमगढी सडक अवरुद्ध भएसँगै जनजीवन प्रभावित भएको छ । यातायात व्यवसायी कमल रोकायाले घुच्चीलेकमा हिउँ जमेकाले मालवाहक र यात्रुवाहक दर्जनौँ सवारीसाधनहरू घुच्चीलेकमै अलपत्र परेको जानकारी दिए । उनका अनुसार घुच्चीदेखि वाँदखोलासम्म सडकमा झण्डै एक फिटभन्दा बढी हिउँ जमेको छ ।


हिमपातले अलपत्र परेका यात्रु रमेश बुढाका अनुसार बुलबुले र घुच्ची लेकमा बाक्लो हिउँ जमेकाले गमगढी पुग्न नसकेको बताउनुहुन्छ । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कलमलप्रसाद पाण्डे सडक डिभिजन कार्यालय जुम्लासँग एक्स्काभेटरबाट जमेको हिउँ पन्छाउनलाई समन्वय भएको जानकारी दिनुभयो । आज बेलुका सम्म हिउँ पन्छाउने लक्ष्य राखेको उनको भनाइ छ ।


बिहान ४ बजेबाट पानी परेसँगै मौसम अन्धकार बनेको छ। पानी परेसँगै जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ। लामो समयपछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा कार्तिके बाली कोदो, मकै छर्नका लागि खेतबारीमा हलो लगाउन सजिलो हुने सोरु गाउँपालिका वडा नं ८ का किसान मिट्टया कामीले बताए । आकाशे पानीको सिँचाइले फलफूल खेती र तरकारीमा राम्रो उत्पादन हुने हुँदा कृषक खुसी भएको स्थानीय रतन बहादुर रावल ले बताए।


उनले भने पानी परेपछि थुप्रै ठाउँमा भइरहेको आगलागी समेत नियन्त्रणमा आउनेछ। असोज यता पानी नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको छ भने बर्खे खेती लगाउन पनि असर परेको थियो। हिमपात नभएर खेती नहुनेमा निरास भएर भारत गएका मुगाली खेतीको सिजनमा पानी परेपछि छिट्टै फर्किने पनि उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register