चर्चित पपगायक नवीन के भट्टराई अतृप्त व्याण्डसहित लन्डनमा लाइभ परफर्म गर्दै

लन्डन । माया इभेन्ट्सले लन्डनमा गर्न लागेको ‘लाफ्टर फर लाइफ’ मा चर्चित गायक नवीन के भट्टराईले अतृप्त व्याण्डसहित लाइभ ‘परफर्म’ गर्ने भएका छन् । झण्डै डेढ दशकपछि नेपालका लिजेन्ड्री पप गायक भट्टराई अतृप्त व्याण्डसहित बेलायत आउन लागेको आयोजक माया इभेन्ट्सका निर्देशक राज पाण्डेले बताए । तीन दशकयताको संगीत करिअरमा गायक भट्टराईले दर्शकश्रोतामाझ निकै लोकप्रिय गीत […]

Mar 1, 2025 - 13:27
 0
चर्चित पपगायक नवीन के भट्टराई अतृप्त व्याण्डसहित लन्डनमा लाइभ परफर्म गर्दै

लन्डन । माया इभेन्ट्सले लन्डनमा गर्न लागेको ‘लाफ्टर फर लाइफ’ मा चर्चित गायक नवीन के भट्टराईले अतृप्त व्याण्डसहित लाइभ ‘परफर्म’ गर्ने भएका छन् ।

झण्डै डेढ दशकपछि नेपालका लिजेन्ड्री पप गायक भट्टराई अतृप्त व्याण्डसहित बेलायत आउन लागेको आयोजक माया इभेन्ट्सका निर्देशक राज पाण्डेले बताए ।

तीन दशकयताको संगीत करिअरमा गायक भट्टराईले दर्शकश्रोतामाझ निकै लोकप्रिय गीत पस्किएका छन् । उनका आंखामा तिमीलाई, ए झरी, तिमी हौ लाखौंको धड्कन, सायद तिमी नै, दोबाटोमा, खांदै नखाको विषले, डर लाग्छ, अलि अलिकति पीडा, यही हो त माया, तिमीले हेर्दा कसैलाई लगायत दर्जनौं गीत हिट छन् ।

‘धेरै वर्षपछि बेलायतका नेपालीमाझ फेरि आउंदैछु । कार्यक्रममा आएर साथ दिन सबैलाई मेरो अपिल छ’, गायक भट्टराईले भनेका छन् ।

एउटै स्टेजमा नवीन के भट्टराई र व्याण्डको गायन अनि महानायक राजेश हमाल र लोकप्रिय हांस्यकलाकार सन्दीप क्षेत्री (मिष्टर ह्याप्पी) को स्ट्याण्ड अप कमेडी हुंदैछ ।

२७ अप्रिल ह्यारो लिजर सेन्टरमा हुने उक्त कमेडी शोमा पहिलोपटक महानायक राजेश हमाल कमेडियनका रुपमा स्टेजमा प्रस्तुत हुनेछन् । हमाल र क्षेत्रीको विश्व भ्रमणको पहिलो शो नै लन्डन हुनेछ ।

माया इभेन्ट्सले अनलाइन टिकट शुरु भइसकेको जनाएको छ । निर्देशक पाण्डेले बेलैमा टिकट सुरक्षित गर्न नेपाली गीत-संगीत पारखी र कलाप्रेमी दर्शकहरुमा अनुरोध पनि गरेका छन् ।

‘बेलायतको व्यस्ततालाई केही समय पर सारेर पूर्ण मनोरन्जन दिलाउन हामी लागिरहेका छौं’- पाण्डेले भने, ‘यो तपाईं समस्त नेपालीहरुको आफ्नै कार्यक्रम हो । सहभागी भएर कलाकारलाई हौसला दिनु हुनेछ भन्ने विश्वास लिएका छौं ।’

टिकट लिन यहां क्लिक गर्नु होला

विदेशमा नेपाली कला संस्कृति जगेर्ना र संवर्धनका लागि नियमित इभेन्ट्स गर्ने उद्देश्यले स्थापित माया इभेन्ट्सले गत वर्ष लन्डनमा इन्फा फिल्म अवार्डस् कार्यक्रम सफलतापूर्वक गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register