सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूकेको दोश्रो वेबीनारमा जलश्रोत चर्चा

लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूके (सोनेयूके) ले १ मार्च शनिबार आफ्नो दोश्रो वेबीनार सम्पन्न गरेको छ । मासिक रुपमा हुंदै आएको दोश्रो संस्करणको वेबीनारमा विषयवस्तु थियो ‘जलस्रोत, भूमिगत ठाउँको प्रयोग र नेपालमा अन्तर–बेसिन जल स्थानान्तरण परियोजनाहरु ।’ वेबीनार श्रृंखला २ का मुख्य वक्ता जलस्रोत मन्त्रालयका सहसचिव इन्जिनियर मित्र बरालले प्रस्तुति दिएका थिए […]

Mar 1, 2025 - 19:03
 0
सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूकेको दोश्रो वेबीनारमा जलश्रोत चर्चा

लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूके (सोनेयूके) ले १ मार्च शनिबार आफ्नो दोश्रो वेबीनार सम्पन्न गरेको छ ।

मासिक रुपमा हुंदै आएको दोश्रो संस्करणको वेबीनारमा विषयवस्तु थियो ‘जलस्रोत, भूमिगत ठाउँको प्रयोग र नेपालमा अन्तर–बेसिन जल स्थानान्तरण परियोजनाहरु ।’

वेबीनार श्रृंखला २ का मुख्य वक्ता जलस्रोत मन्त्रालयका सहसचिव इन्जिनियर मित्र बरालले प्रस्तुति दिएका थिए ।

वेबीनारमा सोनेयूके, अमेरिकन सोसाइटी अफ नेपलिज इन्जिनियर्स, नेपाल इन्जिनियर्स एसोसिएसन, सेन्टर फर नेपलिज स्टडिज यूकेका सदस्यहरू एवं बेलायत, नेपाल र अमेरिकाका पेशेवरहरुको सहभागिता थियो ।

करिव दुई घन्टा लामो वेबीनारमा २८ पेशेवरहरुले सक्रिय सहभागिता जनाएका थिए भने २० भन्दा बढी जिज्ञासा र सरोकारहरु समाधान गरिएको थियो ।

प्रस्तुतिका क्रममा प्रमुख वक्ता इन्जिनियर मित्र बरालले जलस्रोत र यसको उपयोग सम्बन्धी विवरण प्रस्तुत गरे । उनले उपलब्ध अवसर र सफल प्रयासहरू, अन्तर–बेसिन जल स्थानान्तरण परियोजनाहरू कार्यान्वयन र चुनौती, परियोजना कार्यान्वयनका क्रममा हासिल गरिएका अवसरहरू, सुनसरी मरिन र भेरी बबई आयोजनामा टनेल बोरिङ मेसिन प्रयोगको सफलताको कथा, टनेल प्रयोगमा सफलता र कार्यान्वयन आदि आयामबारे प्रकाश पारेका थिए ।

उक्त वेबीनारमा इन्जिनियर शैलेन्द्रकाजी श्रेष्ठ, डा विदुर घिमिरे, इन्जिनियर रुद्र कोइराला, डा सोहन घिमिरे, इन्जिनियर मनोज काप्री र वातावरणविद् लोकेन्द्र ढकालले पनि आफ्ना विचार र जिज्ञासा राखेका थिए ।

कार्यक्रम समापनका अवसरमा सोनेयूकेका अध्यक्ष इन्जिनियर सुवोध तिमिल्सिनाले धेरै जानकारीमूलक प्रस्तुतिसहित सबै २० वटा प्रश्न र सरोकारहरुलाई स्पष्ट रुपमा व्याख्या गरिदिएकामा मुख्य वक्ता इन्जिनियर मित्र बराललाई धन्यवाद दिए ।

अध्यक्ष तिमिल्सिनाले बराललाई एक अनुभवी इन्जिनियरिङ विज्ञ र उत्कृष्ट परियोजना प्रवन्धकको रुपमा प्रशंसा समेत गरे ।

तिमिल्सिनाले २०२३ मा उत्कृष्ट परियोजनाको अवार्ड पाएकामा इन्जिनियर बराललाई बधाई पनि दिए । उनले तीन महाद्वीपबाट सहभागी सबैलाई उनीहरूको सक्रिय संलग्नता र विचार–उत्तेजक प्रश्नहरुका लागि धन्यवाद पनि दिए ।

सोनेयूकेले वेबीनारको तेश्रो संस्करण मार्च तेश्रो साता गर्ने र त्यसको शीर्षकसहित अन्य विवरण छिट्टै सार्वजनिक गरिने जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register