नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ। रेडक्रसका जन्मदाता जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मनाइने विश्व रेडक्रस दिवस आज नेपाल लगायत बिश्वभरि “मानवताको पक्षमा” भन्ने नाराका साथ मनाइएको छ । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा दिवसका अवसरमा सोसाइटीका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारीले झण्डोत्तोलन गरेका थिए ।विश्व रेडक्रस दिवसको मूल समारोह नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लाशाखाको आयोजना एवं […]

May 8, 2025 - 19:11
 0
नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ।

रेडक्रसका जन्मदाता जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मनाइने विश्व रेडक्रस दिवस आज नेपाल लगायत बिश्वभरि “मानवताको पक्षमा” भन्ने नाराका साथ मनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा दिवसका अवसरमा सोसाइटीका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारीले झण्डोत्तोलन गरेका थिए ।
विश्व रेडक्रस दिवसको मूल समारोह नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्लाशाखाको आयोजना एवं युवा रेडक्रस सर्कल थापाथली इन्जिनियरिङ क्याम्पसको समन्वयमा मनाइएको छ । नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य डाक्टर गौरीशंकर लालदासले जँ हेनरी ड्युनाको तस्विरमा माल्यार्पण तथा दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै रेडक्रसका संस्थापक सदस्य डाक्टर गौरीशंकर लालदासले मानवताका पक्षमा अहोरात्र लाग्ने रेडक्रसकर्मी, रेडक्रसप्रति आस्था राख्ने सम्पूर्णमा धन्यवादका साथ शुभकामना व्यक्त गरे।

नेपाल रेडक्रस सोसाइटीका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारीले दिवसले मानवीय सेवामा लाग्न र परोपकारी भावना बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाल रेडक्रस सोसाइटी वागमती प्रदेशका महासचिव रामजी पौडेलले ड्युनाले जागृत गराएको मानवीय भावनालाई आत्मसाथ गरी रेडक्रसकर्मीले प्रभावितलाई राहत तथा आवश्यक सहयोग प्रदान गर्दै आएको बताए । थापाथली इन्जिनियरिङ क्याम्पसका शिक्षक नायक नथ्थुप्रसाद वाँस्कोटाले नेपाल रेडक्रस सोसाइटीका गतिविधिहरूको प्रशसा गरे ।

नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका सभापति श्यामकाजी डोटेलको सभापतित्वमा भएको कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीहरूलाई नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाले छात्रवृति वितरण गरेको थियो ।

यसैगरी केन्द्रीय कार्यालयबाट विश्व रेडक्रस दिवसको अवसरमा आयोजना गरिएको फोटो तथा भिडियो प्रतियोगिताको नतिजा प्रकाशन गरिएको थियो । फोटो विधाअन्तर्गत गोमा क्षत्री पहिलो, अभिलाष गुप्ता दोस्रो र नवराज भण्डारी तेस्रो भएका छन् । यसैगरी भिडियो तर्फ सुरज सिंह पहिलो, सुप्रिया पराजुली दोस्रो र भक्त वारही तेस्रो भएका छन् । विजेताहरूलाई नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले पुरस्कार उपलब्ध गराउने छ ।

यसअघि नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखा बागबजारबाट प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका कर्मचारी, काठमाडौं जिल्ला शाखा र शाखाअन्तर्गतका उपशाखा, युवा र जुनियर रेडक्रस सर्कलका पदाधिकारी तथा सदस्य, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register