झापाको अर्जुनधाराबाट ३५० क्यूफिट अवैध काठ बरामद
झापा, २५ बैशाख । झापाको अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा सामुदायिक वन उपभोक्ता समितिको वन इलाकाको खुड्किलो भन्ने स्थानमा सशस्त्र प्रहरी बलले अवैध काठ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापा मातहत सुरक्षा बेश खुदुनाबारीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भानुभक्त विकको कमाण्डमा ५ जना, कनकाई सब डिभिजन कार्यालय सुरुङ्गा र [...] The post झापाको अर्जुनधाराबाट ३५० क्यूफिट अवैध काठ बरामद appeared first on Jhapa Online.

झापा, २५ बैशाख । झापाको अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा सामुदायिक वन उपभोक्ता समितिको वन इलाकाको खुड्किलो भन्ने स्थानमा सशस्त्र प्रहरी बलले अवैध काठ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापा मातहत सुरक्षा बेश खुदुनाबारीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भानुभक्त विकको कमाण्डमा ५ जना, कनकाई सब डिभिजन कार्यालय सुरुङ्गा र दहिझोडा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले सोही इलाकामा लुकाई छिपाई राखेको अन्दाजी १२ लाख २५ हजार मूल्य बराबरको ३५० क्यूफिट साल जातको गोलिया काठ बरामद गरेको हो ।
बरामद काठ आवश्यक कारबाहीको लागि दहिझोडा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिनुभयो ।
The post झापाको अर्जुनधाराबाट ३५० क्यूफिट अवैध काठ बरामद appeared first on Jhapa Online.
What's Your Reaction?






