‘नो केबलकार’ समूहलाई वार्तामा बस्न गृहमन्त्री लेखकको आग्रह

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नो कबेलकार समूहलाई वार्तामार्फत समस्या समाधानमा अग्रसर हुन आग्रह गरेका छन् । राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नहरूको आइतबार जवाफ दिँदै उनले सरकार धार्मिक, सांस्कृति तथा सामाजिक महत्वलाई ध्यानमा राख्दै समस्या समाधानका लागि तत्पर रहेको बताए । शान्तिपूर्ण ढङ्गबाट समस्या समाधानको सरकारको पहललाई सहयोग गर्न उनले आन्दोलनरन पक्षलाई आग्रह गरेका छन् । […]

Mar 2, 2025 - 07:16
 0
‘नो केबलकार’ समूहलाई वार्तामा बस्न गृहमन्त्री लेखकको आग्रह

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नो कबेलकार समूहलाई वार्तामार्फत समस्या समाधानमा अग्रसर हुन आग्रह गरेका छन् ।

राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नहरूको आइतबार जवाफ दिँदै उनले सरकार धार्मिक, सांस्कृति तथा सामाजिक महत्वलाई ध्यानमा राख्दै समस्या समाधानका लागि तत्पर रहेको बताए ।

शान्तिपूर्ण ढङ्गबाट समस्या समाधानको सरकारको पहललाई सहयोग गर्न उनले आन्दोलनरन पक्षलाई आग्रह गरेका छन् । ‘वार्ताका लागि गृह मन्त्रालयले सह-सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । आन्दोलनरत पक्षले वार्तामा अवरोध गरेपछि गृह मन्त्रालयले फागुन १२ मा फेरि वार्ताका लागि आव्हान गरेको छ,’ उनले भने, ’सरकार शान्तिपूर्ण ढङ्गले समस्या समाधानका लागि गम्भीर छ ।’

पाथीभरामा सुरक्षाकर्मीले संयमता अपनाइरहेको दाबी उनले गरेका छन् । स्थानीय समुदायका माग सम्बोधनका लागि सरकार तयार रहेको उनले बताए । उनले रिङ्कु सदाको घटनामा अनुसन्धान अघि बढिरहेको र पीडितलाई कानुनबमोजिम कारबाही हुने बताए । सरकारले भूकम्पपछिको पुनर्निर्माणलाई सरकारले तीव्रताका साथ अघि बढाइएको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register