युद्धविराम सुरु भएसँगै नेतान्याहु समस्यामा, राष्ट्रिय सुरक्षामन्त्रीले दिए राजीनामा
काठमाडौं । गाजा क्षेत्रमा युद्धविराम सुरु भएसँगै इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इतमार बेन-ग्विरले राजीनामा दिएका छन् । बीबीसीकाअनुसार उनको दक्षिणपन्थी यहुदी शक्ति पार्टीले युद्धविराम सम्झौताको विरोधमा इजरायली सरकार छोड्ने घोषणा गरेको छ । यससँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संसदीय बहुमतले पनि साथ छोडेको छ । इतमार बेन-ग्विर लामो समयदेखि युद्धविराम सम्झौताको मुखर विपक्षी थिए । र इजरायललाई […]

काठमाडौं । गाजा क्षेत्रमा युद्धविराम सुरु भएसँगै इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इतमार बेन-ग्विरले राजीनामा दिएका छन् ।
बीबीसीकाअनुसार उनको दक्षिणपन्थी यहुदी शक्ति पार्टीले युद्धविराम सम्झौताको विरोधमा इजरायली सरकार छोड्ने घोषणा गरेको छ ।
यससँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संसदीय बहुमतले पनि साथ छोडेको छ ।
इतमार बेन-ग्विर लामो समयदेखि युद्धविराम सम्झौताको मुखर विपक्षी थिए । र इजरायललाई गाजामा हमास विरुद्धको सैन्य कारबाही जारी राख्न दबाब दिइरहेका थिए ।
नेतान्याहुलाई आफ्नो राजीनामाको घोषणा गर्न पत्र लेख्दै उनले भने, ”सरकारलाई हटाउन काम गर्दैनौँ, तर युद्धविराम सम्झौता आतंकवादको लागि पूर्ण विजय हो ।”
हमासद्वारा रिहा हुने ३३ बन्धकको सूची सार्वजनिक
What's Your Reaction?






