झापामा ब्राउनसुगरसहित पाँच जना पक्राउ
झापा, १८ फागुन । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । बिहीबार पक्राउ परेका उनीहरूलाई आज अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरूमा मे १० प ५६४७ नम्बरको मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका(५ बस्ने वर्ष २२ का प्रेमा तामाङ रहेका [...] The post झापामा ब्राउनसुगरसहित पाँच जना पक्राउ appeared first on Jhapa Online.

झापा, १८ फागुन । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
बिहीबार पक्राउ परेका उनीहरूलाई आज अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरूमा मे १० प ५६४७ नम्बरको मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका(५ बस्ने वर्ष २२ का प्रेमा तामाङ रहेका छन् ।
उनको साथबाट प्लास्टिकसहित १ ग्राम १६ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । त्यस्तै मे ४ प ५९९७ नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका(९ बस्ने वर्ष २६ का दीपेन्द्र खापुङको साथबाट प्लास्टिकसहित १ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर फेला परेको छ ।
त्यस्तै पैदल आउँदै गरेका दमक नगरपालिका–४ बस्ने वर्ष २३ का सञ्जय राईको साथबाट प्लास्टिकसहित २ ग्राम ६७ मिलिग्राम ब्राउन सुगर फेला परेको छ भने मे २प ६४१९ नम्बरको मोटरसाइकल चालक इलाम माई नगरपालिका–१ बस्ने वर्ष २६ का रोमन श्रेष्ठ र सोही मोटरसाइकलमा पछाडि सवार वर्ष ४६ का कृष्णबहादुर बुढाथोकी प्लास्टिकसहित १ ग्राम ९२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेको डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन् ।
भद्रपुर नगरपालिका(५ मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गर्दा उनीहरू पक्राउ परेको जनाइएको छ ।
The post झापामा ब्राउनसुगरसहित पाँच जना पक्राउ appeared first on Jhapa Online.
What's Your Reaction?






