कुलरत्न स्वर्ण पदक प्रलिशालाई

काठमाडौं।  इन्जिनियरिङ अध्ययन संस्थानका प्रथम डीन स्वर्गीय कुलरत्न तुलाधरको सम्मानमा स्थापित कुलरत्न स्वर्ण पदकबाट इन्जिनियरिङ विधामा स्नातक तहमा देशभरिबाटै सर्वोत्कृष्ट अङ्क ल्याएका प्रलिशा कंशाकारलाई प्रदान गरिएको छ ।  प्रथम डीन स्व. तुलाधरको पुण्य स्मृतिमा सोमबार पुलचोक इन्जिनियरिङ क्याम्पस परिसरस्थित स्व. तुलाधरको पूर्ण कदको शालिकअगाडि आयोजित कार्यक्रममा क्याम्पसका डीन प्राडा सुशील बहादुर बज्राचार्यले प्रलिशालाई स्वर्ण पदकसहित […]

Mar 2, 2025 - 14:36
 0
कुलरत्न स्वर्ण पदक प्रलिशालाई

काठमाडौं। 

इन्जिनियरिङ अध्ययन संस्थानका प्रथम डीन स्वर्गीय कुलरत्न तुलाधरको सम्मानमा स्थापित कुलरत्न स्वर्ण पदकबाट इन्जिनियरिङ विधामा स्नातक तहमा देशभरिबाटै सर्वोत्कृष्ट अङ्क ल्याएका प्रलिशा कंशाकारलाई प्रदान गरिएको छ । 

प्रथम डीन स्व. तुलाधरको पुण्य स्मृतिमा सोमबार पुलचोक इन्जिनियरिङ क्याम्पस परिसरस्थित स्व. तुलाधरको पूर्ण कदको शालिकअगाडि आयोजित कार्यक्रममा क्याम्पसका डीन प्राडा सुशील बहादुर बज्राचार्यले प्रलिशालाई स्वर्ण पदकसहित १० हजार रुपियाँ राशि  र प्रमाणपत्र हस्तान्तरण गरे ।

प्रलिशाले वि.सं. २०७६ मा काठमाडौंको कालिमाटीस्थित काठमाडौं इन्जिनियरिङ कलेजबाट कम्प्युटर ईन्जिनियरिङमा स्नातक गरेकी हुन् । यस पटक इन्जिनियरिङ विधामा स्नाकोत्तर तहको परीक्षाफल आउन ढिला भएकोले स्नाकोत्तर तहमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई अर्को वर्ष पुरस्कृत गरिने बताइएको छ ।

 कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका डीन प्राडा बज्राचार्यले नेपालको इन्जिनियरिङ क्षेत्रमा स्व. कुलरत्न तुलाधरको योगदान अविष्मरणीय रहेको बताए ।

उनले नेपालको पहिलो इन्जिनियरिङ क्याम्पसको पहिलो डीनको रुपमा स्वर्गीय तुलाधरले अघि बढाउनु भएको इन्जिनियरिङ शिक्षालाई अझै परिमार्जित र व्यवस्थित बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रथम डीन स्व. तुलाधरकी कान्छी छोरी चित्रशोभा तुलाधरले यो पदकले इन्जिनियरिङ क्षेत्रमा लाग्ने विद्यार्थीहरूको हौसला बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

सन् १९५५ मा बेलायतबाट ट्रपिकल आर्किटेक्टमा पोष्ट ग्राजुएटको डिग्री हासिल गरेका स्व. तुलाधर सन् १९७३ मा इन्जिनियरिङ अध्ययन संस्थानको प्रथम डीनको रुपमा नियुक्त भएका थिए । उनले चार वर्षसम्म डीनको भूमिका निर्वाह गरेका थिए ।

सन् १९५६ मा बनेको नेपालको पहिलो राजमार्ग त्रिभुवन राजपथको डिजाइन र निर्माणमा पनि उनको महत्वपूर्ण योगदान रहेको छ । स्व. तुलाधरलाई सन् १९६२ मा बेलायतको प्रतिष्ठित पदक ‘अडर अफ द ब्रिटिश एम्पाएर’, सन् १९६९ मा गोरखा दक्षिणबाहु प्रथम र सन् १९८३ मा त्रिशक्ति पट्ट द्वितिय प्रदान गरिएको थियो । बौद्ध अनुयायी भन्तेहरूले पञ्चशील र परित्राण पाठ गरेर सुरु भएको कार्यक्रममा भिक्षु निग्रोध महास्थविरले प्रवचन दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register