ट्रम्पको टिप्पणी – पुटिनको चिन्ता नगरौँ, हाम्रो अवस्था युरोपजस्तो हुन नदिऔँ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी पुटिनको बारेमा चिन्ता गर्नुको सट्टा ध्यान दिनुपर्ने अन्य गम्भीर मुद्दाहरू रहेको बताएका छन् । ट्रुथ सोशल अकाउन्टमार्फत ट्रम्पले युरोपतर्फ इङ्गित गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, “हामीले पुटिनको चिन्तामा कम समय बिताउनुपर्छ । हामीले हाम्रो देशमा आउने आप्रवासी बलात्कार गिरोह, लागूऔषध माफिया, हत्यारा र मानसिक […]

Mar 3, 2025 - 11:06
 0
ट्रम्पको टिप्पणी – पुटिनको चिन्ता नगरौँ, हाम्रो अवस्था युरोपजस्तो हुन नदिऔँ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी पुटिनको बारेमा चिन्ता गर्नुको सट्टा ध्यान दिनुपर्ने अन्य गम्भीर मुद्दाहरू रहेको बताएका छन् ।

ट्रुथ सोशल अकाउन्टमार्फत ट्रम्पले युरोपतर्फ इङ्गित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, “हामीले पुटिनको चिन्तामा कम समय बिताउनुपर्छ । हामीले हाम्रो देशमा आउने आप्रवासी बलात्कार गिरोह, लागूऔषध माफिया, हत्यारा र मानसिक अस्पतालका मानिसहरूको मुद्दामा बढी ध्यान दिनुपर्छ, ताकि हाम्रो अवस्था युरोप जस्तो नहोस् ।”

यसअघि आइतबार धेरै युरोपेली देशका नेताहरू र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन मुद्दामा छलफल गर्न लन्डनमा भेटेका थिए ।

यस बैठकपछि जेलेन्स्कीले हालैको घटनापछि युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको बताएका थिए ।

गत हप्ता शुक्रबार अमेरिकी राष्ट्रपति भवनमा जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चर्को बहस भएको थियो । यस बहसमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि जेलेन्स्कीविरुद्ध निकै कठोर अभिव्यक्ति दिए ।

यो बहसपछि धेरै युरोपेली देशहरूले खुलेर युक्रेनलाई समर्थन गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register