फुटबललाई दीर्घकालीन विकास गर्ने योजनामा मुख्य प्रशिक्षक रस

काठमाडौं । राष्ट्रिय पुरूष फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले नेपालमा फुटबललाई दीर्घकालीन रुपमा विकास गर्ने योजनाको आवश्यक भएको बताएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार आयोजना गरिएको अन्तर्क्रियामा नेपाली फुटबललाई एउटै दिशा दिँदै दीर्घकालीन भिजनको आवश्यकता रहेको रोसले बताएका हुन् । उनले नेपाली टिमलाई बलियो बनाउँदै अन्तराष्ट्रिय प्रतियोगिता जित्नका लागि ध्यान केन्द्रित गर्ने […]

Mar 3, 2025 - 11:39
 0
फुटबललाई दीर्घकालीन विकास गर्ने योजनामा मुख्य प्रशिक्षक रस

काठमाडौं । राष्ट्रिय पुरूष फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले नेपालमा फुटबललाई दीर्घकालीन रुपमा विकास गर्ने योजनाको आवश्यक भएको बताएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार आयोजना गरिएको अन्तर्क्रियामा नेपाली फुटबललाई एउटै दिशा दिँदै दीर्घकालीन भिजनको आवश्यकता रहेको रोसले बताएका हुन् ।

उनले नेपाली टिमलाई बलियो बनाउँदै अन्तराष्ट्रिय प्रतियोगिता जित्नका लागि ध्यान केन्द्रित गर्ने बताएका छन् । रसले नेपाललाई एसियन कपमा छनोट गराउनेदेखि साफ च्याम्पियनसिप लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिता जित्नका लागि ध्यान केन्द्रित गर्ने बताएका हुन् ।

नेपालमा फुटबलको प्यासन धेरै देखिएको भन्दै उनले फुटबल खेलको बिकासका लागि आफूले आवश्यक भूमिका खेल्ने जिकिर गरे । स्पष्ट भिजन र योजना भए कुनै पनि खेल जित्नका लागि कठिन नभएको उनले बताए ।

उनले नेपाली टिममा केही सुधारको आवश्यकता आफूले देखेको भन्दै जुनसुकै खेलमा पनि उच्च मनोबलका साथ मैदान उत्रन जरुरी रहेको जिकिर गरे । आफ्नो कार्यकालमा दबाबमुक्त भएर टिमको विकासमा लाग्ने उनको भनाइ छ ।

अष्ट्रेलियाका म्याट रस राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

रसलाई नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकका रुपमा एक वर्षको सम्झौता गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । मुख्य प्रशिक्षकका लागि २० जनाको सर्टलिष्टबाट म्याट रोस चयन गरिएको उनले बताए ।

उनले रसको पारिश्रमिकबारे भने खुलाएनन् । शाहले नयाँ प्रशिक्षक चयन भएसँगै नेपाली टिमलाई बलियो रुपमा अघि बढाउने विश्वास व्यक्त गरे ।

रस डेढ महिनादेखि काठमाडौंमा रहेर नेपाली फुटबललाई नियालिरहेका थिए । उनले मार्च २१ मा सिङ्गापुरसँग मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिकाको सुरुवात गर्नेछन् । त्यस्तै नेपालले मार्च २५ मा मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट २०२६ को पहिलो लेग खेल्दैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register