यी पाँच कुरा, जुन अरूसँग सेयर गर्नुहुन्न

काठमाडौं । हरेक व्यक्तिको जीवनमा कुनै न कुनै रहस्य हुन्छ । जुन कसैसँग पनि सेयर गर्दैनन् । विशेषगरी महिलाहरूले यी कुरामा ध्यान दिनु आवश्यक छ । धेरै पटक तपाईंले कसैलाई आफ्नो मानेर कुराहरू सेयर गर्नुहुन्छ, तर यो भविष्यमा समस्या बन्नसक्छ । त्यसकारण सोच–विचार गरेर मात्र आफ्नो व्यक्तिगत कुराहरू कसैसँग सेयर गर्नुपर्छ । आज हामी तपाईंलाई कस्ता […]

Mar 6, 2025 - 07:20
 0
यी पाँच कुरा, जुन अरूसँग सेयर गर्नुहुन्न

काठमाडौं । हरेक व्यक्तिको जीवनमा कुनै न कुनै रहस्य हुन्छ । जुन कसैसँग पनि सेयर गर्दैनन् ।

विशेषगरी महिलाहरूले यी कुरामा ध्यान दिनु आवश्यक छ । धेरै पटक तपाईंले कसैलाई आफ्नो मानेर कुराहरू सेयर गर्नुहुन्छ, तर यो भविष्यमा समस्या बन्नसक्छ । त्यसकारण सोच–विचार गरेर मात्र आफ्नो व्यक्तिगत कुराहरू कसैसँग सेयर गर्नुपर्छ ।

आज हामी तपाईंलाई कस्ता कुराहरू सेयर गर्नबाट बच्नुपर्छ, यसबारेमा बताउनेछौँ –

परिवारका समस्या

महिलाहरूले कहिल्यै पनि कसैसँग आफ्नो परिवारका समस्याहरू सेयर गर्नुहुँदैन । यसलाई सधैँ अरूबाट लुकाएर राख्नुपर्छ ।

यदि तपाईंले पारिवारिक समस्याहरू अन्य व्यक्तिहरूसँग सेयर गर्नुभयो भने उसले यसको फाइदा उठाउन सक्छ । यस्ता कुरा तिनीहरूसँग मात्र गर्नुहोस्, जो तपाईंको विश्वासयोग्य छन् ।

व्यक्तिगत सम्बन्ध

महिलाको आफ्नो पति वा साथीसँग कस्तो सम्बन्ध छ, यो पूर्ण रूपमा व्यक्तिगत राख्नुपर्छ ।

यदि तपाईं यसबारे कसैसँग सेयर गर्नुहुन्छ भने सम्बन्धमा दूरी आउन थाल्छ । सामुन्ने व्यक्तिको पनि तपाईंप्रति हेराइ र बुझाइ बिग्रन सक्छ । त्यसैले कुनै पनि समस्या चलिरहेको छ भने त्यसलाई आफैँ समाधान गर्नुहोस् ।

वित्तीय विवरण

कहिल्यै पनि महिलाहरूले आफ्नो तलब, बैङ्क ब्यालेन्स, लगानी वा सम्पत्तिको बारेमा कसैलाई जानकारी दिनुहुँदैन । मानिसहरूले यसको गलत फाइदा उठाउँछन् । तपाईं ठगीको पनि सिकार हुन सक्नुहुन्छ ।

भविष्यको योजना

चाहे महिला होस् वा पुरुष, हरेकसँग भविष्यको लागि योजना हुन्छ । यी कुराहरू तपाईंले गोप्य राख्नुपर्छ । गलत मानिसले तपाईंको योजना बिगार्ने कोसिस गर्न सक्छन् । योजनामा सफलता पाएपछि मात्र यसको चर्चा गर्नुहोस् ।

स्वास्थ्य र मेडिकल अवस्था

कुनै पनि व्यक्तिको स्वास्थ्य नै उसको सबैभन्दा ठूलो सम्पत्ति हुन्छ । यद्यपि, आफ्नो मेडिकल इतिहास वा कुनै पनि स्वास्थ्य समस्याको बारेमा तपाईंले कसैलाई बताउनु हुँदैन ।

मानिसहरू यी कुराहरूलाई लिएर तपाईंलाई मूल्याङ्कन गर्न सक्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register