एमाले महासचिव पोखरेललाई बालेनको जवाफ : भ्रमको खेतीमा सरकारले पीएचडी पाउँछ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले एमाले महासचिव शङ्कर पोखरेलको प्रमुख प्रशासकीय अधिकृतबारेको स्टाटसमा जवाफ दिएका छन् । एमाले महासचिव पोखरेलले मेयरकै व्यवहारका कारण प्रमुख प्रशासकीय अधिकृत महागरमा जान नखोजेको भावको स्टाटस लेखेका थिए । विशेष व्यवस्था गरेर भएपनि सरकारले त्यहाँ प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्ने उनको भनाइ थियो । पोखरेलले लेखेका थिए, “प्रमुख प्रशासकीय […]

Mar 3, 2025 - 11:42
 0
एमाले महासचिव पोखरेललाई बालेनको जवाफ : भ्रमको खेतीमा सरकारले पीएचडी पाउँछ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले एमाले महासचिव शङ्कर पोखरेलको प्रमुख प्रशासकीय अधिकृतबारेको स्टाटसमा जवाफ दिएका छन् ।

एमाले महासचिव पोखरेलले मेयरकै व्यवहारका कारण प्रमुख प्रशासकीय अधिकृत महागरमा जान नखोजेको भावको स्टाटस लेखेका थिए । विशेष व्यवस्था गरेर भएपनि सरकारले त्यहाँ प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्ने उनको भनाइ थियो ।

पोखरेलले लेखेका थिए, “प्रमुख प्रशासकीय अधिकृत जान नमान्नुको कारण जे भएपनि सरकारले विशेष व्यवस्था गरेर भएपनि अविलम्ब प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्छ ।”

बालेनले पोखरेललको स्टाटप्रति आक्रोश व्यक्त गर्दै भनेका छन्, “भ्रमको खेतीमा पिएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ ।”

उनले आफ्नो कार्यकालमा ४ जना प्रमुख प्रशासकीय अधिकृत हटेको बताउका छन् । ती मध्ये २ जनतालाई भ्रष्टाचारको कारण हटाइएको उनको भनाइ छ । “अहिलेसम्मको हाम्रो कार्यकालमा ४ जना कार्यकारी हटेका छन्। ४ मध्ये २ लाई हटाउनुको कारण उनीहरू भ्रष्टाचारमा संलग्न रहेको भनेर हो। के कार्यकारी टिक्छन् भन्ने देखाउन हामीले भ्रष्टहरूलाई संरक्षण गरिराख्नु पर्ने हो? २ जनालाई सरकारले हटाएको हो, त्यो पनि महानगरलाई जानकारीसमेत नदिएर,” मेयर शाहले भनेका छन्।

सरकारले सदाचारी प्रमुख प्रशासकीय अधिकृतलाई हटाएको आरोप बालेनले लगाएका छन् । “हामीले २ जना भ्रष्टहरूलाई हटाउँदा कार्यकारी टिक्न दिएन भन्ने सरकारले उत्तिनै संख्यामा तर असल काम गरेर बसेकालाई हटाउँदा काठमाण्डौंमा असल कार्यकारी टिक्न सरकारले नै दिँदैन भन्ने अर्थ लाग्दैन र? यदि ती २ जनामध्ये कुनै एक कार्यकारी नहटाएको भए यो कुरा नै आउँदैन थियो त,” उनको भनाइ छ।

उनले काठमाडौंमा कार्यकारी जान मान्दैनन् भन्ने  भाष्य लज्जास्पद, लाचार र गैरजिम्मेवार रहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register