बेइजिङमा भारी वर्षा : ३० जनाको मृत्यु, ८० हजार विस्थापित

काठमाडौं । उत्तर चीनमा लगातारको भारी वर्षा र बाढीका कारण राजधानी बेइजिङमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। अत्यधिक वर्षा पछि उद्धार र राहत कार्य तीव्र पारिएको बीबीसीले‍ जनाएको छ। बेइजिङ प्रशासनले ८० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ, किनभने मौसम पूर्वानुमानअनुसार वर्षा अझै आजसम्म जारी रहने सम्भावना छ। चिनियाँ राष्ट्रपति सी […]

Jul 29, 2025 - 03:46
 0
बेइजिङमा भारी वर्षा : ३० जनाको मृत्यु, ८० हजार विस्थापित

काठमाडौं । उत्तर चीनमा लगातारको भारी वर्षा र बाढीका कारण राजधानी बेइजिङमा कम्तीमा ३० जनाको मृत्यु भएको छ।
अत्यधिक वर्षा पछि उद्धार र राहत कार्य तीव्र पारिएको बीबीसीले‍ जनाएको छ।

बेइजिङ प्रशासनले ८० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ, किनभने मौसम पूर्वानुमानअनुसार वर्षा अझै आजसम्म जारी रहने सम्भावना छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले पूर्ण क्षमतासहित  खोज तथा उद्धार कार्य संचालन गर्न निर्देशन दिएका छन् ।   थप क्षति रोक्न पनि सबै उपाय अपनाउन उनले आह्वान गरेका छन्।

बेइजिङमा वर्षा याममा यस्ता चरम मौसम घटना असामान्य भने होइनन्। यसअघि जुलाई २०१२ मा आएको बाढीमा ७९ जनाको मृत्यु भएको थियो, जुन अहिलेसम्मकै सबैभन्दा विनाशकारी घटना मानिन्छ।

सरकारले प्रभावित क्षेत्रमा उद्धार टोली, स्वास्थ्यकर्मी र आपतकालीन सेवा कर्मचारीहरू परिचालन गरेको बीबीसीले जनाएको छ  बाढीबाट सडकहरू, घरहरू र पूर्वाधारहरूमा ठूलो क्षति पुगेको बताइएको छ ।

स्थानीय बासिन्दालाई सतर्क रहन र आवश्यक परेमा सुरक्षित स्थानमा जान सुझाव दिइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register