स्वास्थ्य बीमाको भुक्तानी दिन सरकारले छुट्यायो तीन अर्ब 

काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि थप तीन अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासासम्बन्धी निर्णय गरेको उनको सचिवालयले जनाएको छ । निकासा भएको रकममा स्वास्थ्य बीमा बोर्डलाई तीन अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकको उपचारलगायतका लागि […]

Mar 4, 2025 - 12:29
 0
स्वास्थ्य बीमाको भुक्तानी दिन सरकारले छुट्यायो तीन अर्ब 

काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि थप तीन अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासासम्बन्धी निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।

निकासा भएको रकममा स्वास्थ्य बीमा बोर्डलाई तीन अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

यसअघि, सरकारले स्वास्थ्य बीमाको भुक्तानीका लागि बोर्डलाई दिएको रकम सकिसकेको बताइएको थियो । जसपश्चात्, अस्पतालहरूले भुक्तानी नपाएको कारण कार्यक्रम नै बन्द गर्न थालेका थिए ।

सरकारले रकम व्यहोर्न नसकेपछि स्वास्थ्य बीमा कार्यक्रम धरापमा !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register