प्रेम गाहाको अपिल- एकता अधिवेशनमा आउनुहोस्, मिलेर संस्था जोगाऔं (भिडियो)

लन्डन – गैर आवासीय नेपाली संघ यूके आउँदो २३ मार्चमा एकता अधिवेशन गर्ने तयारीमा जुटिसकेको छ । अधिवेशन सफल पार्न ५२७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ। एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले अधिवेशन एउटा पारदर्शी, एकताबद्ध तथा प्रजातान्त्रिक एनआरएनए बनाउने ऐतिहासिक अवसर भएको जनाउंदै सदस्यता […]

Mar 4, 2025 - 12:22
 0
प्रेम गाहाको अपिल- एकता अधिवेशनमा आउनुहोस्, मिलेर संस्था जोगाऔं (भिडियो)

लन्डन – गैर आवासीय नेपाली संघ यूके आउँदो २३ मार्चमा एकता अधिवेशन गर्ने तयारीमा जुटिसकेको छ । अधिवेशन सफल पार्न ५२७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले अधिवेशन एउटा पारदर्शी, एकताबद्ध तथा प्रजातान्त्रिक एनआरएनए बनाउने ऐतिहासिक अवसर भएको जनाउंदै सदस्यता लिएर सहभागी हुन सबै बेलायतवासी नेपालीमा अपिल गरेका छन् । 

एनआरएनएभित्रको सबै मतभेद अन्त्य गरि संघलाई लयमा फर्काउन सम्मानित सर्वोच्च अदालतले २०८० चैत २१ गते एकताको महाधिवेशन गर्न आदेश दिएपछि उच्चस्तरीय समितिले काठमाडौंमा ३ देखि ५ मेमा एकता अधिवेशन गर्ने तयारी गरिरहंदा समितिकै निर्देशनमा बेलायतमा पनि अधिवेशन हुन लागेको गाहा मगरले जनाए ।

उनले सबै पक्षलाई समेट्ने गरि अधिवेशन हुन लागेको जनाउंदै अहिले पनि एकजुट नहुने हो भने एनआरएन संस्थाकै अस्तित्व संकटमा पर्ने बताएका छन्।

यही सिलसिलामा एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरसंग नेपालीलिंकले गरेको भिडियो संवाद: 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register