सवारी दुर्घटना हुँदा २ जनको मृत्यु

काठमाडौं । धनुषा, धनुषाधाम नगरपालिका-३ सर्सामोडस्थित सडकमा ज.१२ प १३९४ नम्बरको मोटरसाइकल र ज.६ प २४५२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा ज.६ प २४५२ नम्बरको मोटरसाइकलका चालक सोही नगरपालिका(८ केसरकुट्टी बस्ने ४४ वर्षीय बिजय महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लैजाने […]

Mar 5, 2025 - 12:25
 0
सवारी दुर्घटना हुँदा २ जनको मृत्यु

काठमाडौं ।

धनुषा, धनुषाधाम नगरपालिका-३ सर्सामोडस्थित सडकमा ज.१२ प १३९४ नम्बरको मोटरसाइकल र ज.६ प २४५२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा ज.६ प २४५२ नम्बरको मोटरसाइकलका चालक सोही नगरपालिका(८ केसरकुट्टी बस्ने ४४ वर्षीय बिजय महतोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको थप उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लैजाने क्रममा बुधबार बिहान बाटोमै मृत्यु भएको हो । ज.१२ प १३९४ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, राप्ती नगरपालिका-१ ड्राइभर टोलस्थित सडकमा ना।६ ख ३०१३ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री पर्सा वीरगंज महानगरपालिका-८ भिसुवा घर भएका ४३ वर्षीय सन्तोष सराफको गए राति मृत्यु भएको छ ।

म.प्र.०३-००२ ख ०५३६ नम्बरको ट्रकले ठक्कर दिँदा लडेको अवस्थामा पुनस् ना.६ ख ३०१३ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुबै ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register